२०८३ साउन १३ गते बुधबार

पुस २७ मा चित्रा आउँदै, यस्तो छ ट्रेलर [भिडियो]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १८
maxresdefault (1)

काठमाडौँ- पुस २७ गतेदेखि हलहरूमा लाग्ने फिल्म ‘चित्रा’को ट्रेलर सार्वजनिक भएको छ। यूट्यूबमार्फत सार्वजनिक २ मिनेट ५९ सेकेन्ड अवधिको ट्रेलरले फिल्म एक्सन र पारिवारिक कथाको समिश्रण भएको देखाएको छ।

खारिएका कलाकारहरुको बलियो लाइनअप भएकाले ‘चित्रा’लाई एउटा आशावादी सिनेमा मान्न सकिन्छ। फिल्ममा अर्पण थापा,प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे जस्ता शशक्त कलाकारको अभिनय रहेको छ।

यही फिल्मबाट सन्तोष अधिकारी नेपाली रजतपटमा डेब्यू गर्दैछन्। उनले पनि सम्भावना देखाएका छन्।

फिल्मका निर्देशक घनश्याम लामिछाने हुन्। निर्देशक घनश्यामले फिल्म ‘पञ्चेबाजा’ बनाएपछि प्रशंसा बटुलेका थिए, त्यसैले ‘चित्रा’लाई आशालाग्दो सिनेमा मान्न सकिन्छ।

बाबुछोरीको कथा बोकेको ‘चित्रा’ यस अर्थमा एउटा सम्भावना बोकेको फिल्म हो भन्न सकिन्छ।

‘चित्रा’मा सन्तोष, मेनुका, शुभेच्छा, अर्पण, प्रमोद, प्रकाशको साथमा अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ।

चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन्। अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज शिवाकोटीको संगीत छ।

महेश पौडेलले छायाँकन गरेको फिल्ममा सम्पादनको भूमिकामा बनिश शाह र सन्देश शाह छन्। सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ। फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन्।

फिल्ममा पार्श्व संगीत शैलेश श्रेष्ठको छ। यस्तै, सोनाली शिल्पकारको मेकअप रहेको फिल्ममा असिम थापाको ड्रोन, बिजय बस्यालको पोष्टर डिजाइन छ।

प्रकाशित: २०८० पुस १८ गते बुधबार ०७:२७
प्रतिक्रिया

थप समाचार

क्लब नोभामा गुञ्जिँदै सविन राई र नवीन के भट्टराई, क्यान्सरसँग जुधिरहेकी रेखालाई सहयोग गरिने

काठमाडौँ: नेपाली सांगीतिक क्षेत्रका दुई चर्चित ब्यान्ड सविन राई एन्ड द फाराेह र नविन के. भट्टराई एन्ड अतृप्त एकै मञ्चमा प्रस्तुत हुने भएका छन्। आगामी साउन २३ गते (८ अगस्ट) शनिबार नेपालकै सबैभन्दा...

‘गौंथली’ को आक्रामक व्यापार, १० दिनमै ७ करोड ४२ लाख ग्रस कलेक्सन

काठमाडौँ: साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ। प्रदर्शनको १० औँ दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार...

यस्तै हो भने देश प्रगतितर्फ होइन, ठप्प अवस्थातर्फ जानसक्छ: राजेश हमाल

काठमाडौँ: महानायक राजेश हमालले सरकारको आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, 'देशको शासन प्रणाली नै ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको...

‘महादेव! धनको बिटो पठाइदेऊ, खाली भयो जेब’

काठमाडौँ: हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत 'महादेव! खाली भयो जेब' सार्वजनिक भएको छ। गायिका एलिना चौहानको स्वर रहेको गीतको शब्द तथा संगीत कस्तुप पन्तको रहेको छ। यस्तै स‌ंगीत संयोजन भने...

हलमा प्रदर्शनरत कुन फिल्मले कति कमाए?

काठमाडौँ: यस वर्ष को पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढि रु नौ करोड ३२ लाख नौ हजार ९२५ र सबैभन्दा कम ‘जाँड’ ले रु एक लाख २६ हजार आम्दानी गरेको छ। चलचित्र विकास बोर्डले प्रत्येक...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना