सन् २०२३ हिन्दी सिनेमाले ठूलो पर्दामा धमाका गर्यो। शाहरुख खानको ‘पठान’ र ‘जवान’ले डंका बजाए। सनी देओलको ‘गदर २’ ले पनि बक्स अफिसमा धुम मच्चायो।
सन्दीप रेड्डी भांगाले निर्देशन गरेको र रणवीर कपूर स्टारर फिल्म ‘एनिमल’ले पनि तहल्का मच्चायो।
त्यसो भए सन् २०२४ मा रिलिज हुनका लागि लाइनमा बसेका हिन्दी फिल्म कुन कुन् हुन् त? यो वर्ष रिलिज हुने केही फिल्मले दर्शकको ध्यान तानिरहेका छन्।
मेरी क्रिसमस
यो वर्षको सुरुवातमा मसहुर थ्रिलर फिल्म बनाउने निर्देशक राम राघवनको फिल्म ‘मेरी क्रिसमस’ रिलिज हुनेछ। उनले यसअघि ‘अंधाधुन’, ‘एक हसिना थी’ र ‘बदलापुर’ जस्ता फिल्म बनाएका थिए।
‘मेरी क्रिसमस’ १२ जनवरीमा रिलिज हुनेछ। फिल्ममा कटरिना कैफ र विजय सेतुपतिको मुख्य भूमिका छ। सेतुपतिले यसअघि शाहरुख खानको ‘जवान’मा भिलेनको भूमिकामा देखिएका थिए।
फाइटर
भारतको गणतन्त्र दिवसको अवसरमा सिद्धार्थ आनन्दको फिल्म ‘फाइटर’ रिलिज हुनेछ। यो फिल्ममा ऋतिक रोशन र दीपिका पादुकोण देखिनेछन्।
सिद्धार्थले २०२३ मा आएको शाखरुख खानको फिल्म ‘पठान’ निर्देशन गरेका थिए। सिद्धार्थले ‘पठान’को सफलता दोहोर्याउन सक्ने आकलन भइरहेको छ।
अक्षयकुमारका ५ फिल्म
वर्षेनी चार फिल्म गर्ने अक्षयकुमारले यो वर्ष पनि आफ्नो चक्र कायम राखेका छन्।
२०२३ अक्षयका लागि उति राम्रो रहेन। यो वर्ष उनी पाँच फिल्मको हिस्सा रहनेछन्। जसमा एक ड्रामा, एक देशभक्ति, दुई एक्सन र एक कमेडी फिल्म छन्।
१. सुरराई पेत्तरु रिमेक : अक्षयकुमारमा सबैभन्दा पहिला सन् २०२० मा बनेको तामिल फिल्म ‘सुराई पोत्तरु’को रिमेकमा देखा पर्नेछन्। यो फिल्मले पाँच वटा राष्ट्रिय अवार्ड जितेको थियो।
यो फिल्ममा जिआर गोपीनाथको जीवनमा आधारित छ। उनी डेक्कन एयरलाइन्सका संस्थापक हुन्। यो फिल्म जनवरीमा रिलिज हुनेछ।
२. बडे मिया, छोटे मिया : यो फिल्ममा अक्षयकुमारसँगै टाइगर स्राफ देखिन्छन्। साउथका स्टार पृथ्वीराजको अभिनय पनि यो फिल्ममा रहनेछ।
फिल्मलाई अली अब्बार जफरले निर्देशन गरेका हुन्। यो फिल्म ईदको अवसरमा रिलिज गर्ने बताइएको थियो। तर, अहिले रिलिज डेट निर्धारण गरिएको छैन।
३. सिंघम-३ : रोहित सेठ्ठीको फिल्म ‘सूर्यवंशी’मा कप यूनिभर्सको हिस्सा बनेका अक्षय ‘सिंघम ३’मा अजय देवगणलाई साथ दिनेछन्।
यो मल्टिस्टारर फिल्म हो। यो फिल्ममा अजयसँगै अक्षय, करिना कपूर, टाइगर श्रफ र दीपिका पादुकोण पनि पुलिसको अवतारमा देखिनेछन्।
४. स्काई फोर्स : यो फिल्म देशभक्तिमा आधारित हुनेछ। फिल्म भारतीय वायु सेनाको इतिहाससँग जोडिएको छ। अक्षय कुमार भारतीय वायु सेनाको क्याप्टेनका रुपमा देखिनेछन्।
५. वेलकम टु जंगल : वर्षको अन्तिममा अक्षयकुमार ‘वेलकम’ फ्रेन्चाइजीको आगामी फिल्म ‘वेलकम टु जंगल’मा देखिनेछन्। यो मल्टिस्टारर फिल्म हो।
फिल्ममा अक्षयसँगै सञ्जय दत्त, सुनिल शेट्टी, दिशा पटानी, रविना टन्डन, लारा दत्त, ज्याकलिन फर्नान्डेस, परेश रावल, अरशद वारसी, जोनी लिभर, राजपाल यादव, श्रेयर तडपडे, देलेर मेहन्दी, मिका सिंह लागयतको भूमिका छ।
अजय देवगन
अजय निर्देशक निरज पाण्डेको रोमान्टिक फिल्म ‘औरों में कहाँ दम था’मा तब्बंसँग देखिनेछन्। यो फिल्म अप्रिल २६ मा रिलिज हुनेछ। यस्तै उनको फिल्म ‘सिंघम ३’ पनि यही वर्ष रिलिज हुनेछ।
आमिर खानको पुनरागमन
२०२२ मा आएको ‘लाल सिंह चड्डा’को असफलतापछि आमिरले सामाजिक सञ्जाल छोडेका थिए। उनले ब्रेक पनि लिए। तर उनले २०२४ मा नयाँ जोशका साथ पुनरागमन गर्नेछन्।
‘लाहौर १९४७’: २०२४ मा आमिर खान प्रोडक्सनले ‘लाहौर १९४७’ निर्माण गर्दैछ। यो फिल्मलाई राजकुमार सन्तोषीले निर्देशन गर्छन्। फिल्ममा सनी देओलको मुख्य भूमिका रहनेछ। यो फिल्मा आमिर निर्माता र केमियोको भूमिकामा देखिनेछन्। सन्तोषीले ‘दामिनी’, ‘घातक’ र ‘घायल’ जस्ता हिट फिल्म दिएका छन्।
सितारे जमिन पर: यो वर्ष आमिरले निर्देशकका रुपमा समेत पुनरागमन गर्दैछन्। उनले ‘सितारे जमिन पर’ फिल्म निर्देशन गर्नेछन्। यो फिल्म क्रिसमसमा रिलिज हुनेछ।
आमिरका हिट फिल्म ‘गजनी’, ‘थ्री इडियट्स’, ‘पिके’, ‘तारे जमिन पर’ र ‘धुम ३’ पनि क्रिसमसमै रिलिज भएका थिए। आमिरले ‘सितारे जमिन पर’मा अभिनय गर्छन् वा गर्दैनन्, पुष्टि हुन बाँकी छ।
लपता लेडिज : आमिर पत्नी किरण राव पनि निर्देशकका रुपमा पुनरागमन गर्दैछिन्। उनले कमेडी फिल्म ‘अपता लेडिज’ निर्देशन गर्नेछिन्। यो आमिर खान प्रोडक्सनको ११औं फिल्म हुनेछ।
साउथका फिल्म
कल्की २८९८ एडी : प्रोजेक्ट केका निर्देशक नाग अश्विनीले निर्देशन गर्ने प्यान इन्डिया फिल्म ‘कल्की २८९८ एडी’ एक मिथोलिजकल फिल्म हो। यो फिल्ममा प्रभासको मुख्य भूमिका रहनेछ। यस्तै अभिताभ बच्चन, कमल हसन, दीपिका पादुकोण, दिशा पाटनी र दुलकर सलमानको अभिनय पनि यो फिल्ममा देख्न पाइनेछ।
पुष्पा २ : कोरोना महामारीका बेला फिल्म ‘पुष्पा’ले दर्शकलाई मनोरञ्जन गराएको थियो। यो फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड समेत बनाएको थियो। यो वर्ष यो फिल्मको सिक्वेल ‘पुष्पा २ः द रुल’ १८ अगस्टमा रिलिज हुनेछ। स्टार अल्लू अर्जुन पुष्पराजको भूमिकामा देखिनेछन्।
कान्ताराः च्यापटर १ :-२०२२ मा कन्नडा फिल्म ‘कान्तारा’ले बक्स अफिसमा धुम मच्चाएको थियो। यो फिल्मको अर्को भाग ‘कान्ताराः च्याप्टर १’ यही वर्ष रिलिज हुनेछ। यो फिल्मलाई ऋषभ शेट्टीले निर्देशन गर्नेछन्, मुख्य भूमिका पनि उनकै हुनेछ।
इन्डियन २: एस शंकरले १९९६ मा निर्देशन गरेको फिल्म ‘इन्डियन’को सिक्वेल २७ वर्षपछि यो वर्ष आउनेछ। फिल्ममा कमल हसन फेरी एकपटक सेनापतिको भूमिकामा देखिनेछन्।
सिक्वेलको प्रतीक्षा
स्त्री-२ : २०१८ मा आएको कमेडी हरर फिल्म ‘स्त्री’को दोस्रो भाग अगस्टमा रिलिज हुनेछ। अमर कौशिकले निर्देशन गर्ने यो फिल्ममा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेश बनर्जी र आपरशक्ति खुरानाको अभिनय रहनेछ।
मेट्रो इन दिनों : २००७ मा आएको अनुराग बासुको फिल्म ‘लाइफ इन मेट्रो’को दोस्रो भाग ‘मेट्रो इन दिनों’ यही वर्ष रिलिज हुनेछ। फिल्ममा आदित्य रोय कपूर, सारा अली खान, अनुपम खेर, निना गुप्ता, पंकज त्रिपाठी, कोकणा सेन शर्मा, अली फजल र फातिमा साना शेख देखिनेछन्।
लभ सेक्स और धोखा : दिवाकर बनर्जीको २०१० मा आएको फिल्म ‘लभ सेक्स और धोखा’ को दोस्रो भाग पनि यही वर्ष रिलिज हुनेछ। फिल्ममा राजकुमार रावको मुखय भूमिका रहनेछ।
चुनाव र राजनीतिक प्रभाव
२०२४ भारतमा राजनीतिक हलचलको वर्ष हुनेछ। यो वर्ष लोकसभा चुनाव हुँदैछ। यही वर्ष केही राजनीतिक फिल्म पनि रिलिज हुनेछन्।
मैं अटल हुँ : नेसनल अवार्ड जितेका निर्देशक रवि जाधवको फिल्म ‘मैं अटल हुँ’ १९ जनवरीमा रिलिज हुनेछ। यो फिल्म भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको जीवनीमा आधारित छ। फिल्ममा पंकज त्रिपाठीको मुख्य भूमिका छ।
स्वातंत्र्य वीर सावरकर : रणदीप हुडाले निर्देशन गर्ने वायोपिक फिल्म ‘स्वातंत्र्य वीर सावरकर’मा वीर सावरकरको कथा छ। रणदीप हुडाले फिल्ममा वीर सावरकरको भूमिका निभाउनेछन्। फिल्ममा अंकिता लोखन्डे र अमित सियाल पनि मुख्य भूमिकामा देखिनेछन्।
बस्तर : द नक्सल स्टोरी- ‘द केरला स्टोरी’को सफलता पछि निर्माता विपुलले ‘बस्तरः द नक्सर स्टोरी’ फिल्म लिएर आउनेछन्। अमृतलाल शाहले निर्देशन गर्ने फिल्ममा सुदीप्तो सेनको मुख्य भूमिका रहनेछ।
नयाँ जेनरेसन
चन्दू च्याम्पियन : ‘भूलभुलैया २’को असफलता पछि कार्तिक आर्यन ‘चन्दू च्याम्पियन’मा असल जिन्दगीबा प्रेरित स्पोर्ट्स ड्रामा फिल्ममा देखिनेछन्। कबीर खानले निर्देशन गरेको फिल्म जुन १४ मा रिलिज हुनेछ।
योद्धा : ‘शेरशाह’मा कारगिल हिरो विक्रम बत्राको भूमिका निभाएका अभिनेता सिद्धार्थ मल्होत्रा एक्नस फिल्म ‘योद्धा’मा देखिनेछन्। यो फिल्म मार्च १५ मा रिलिज हुनेछ।
वि डी १८: वरुण धवनको यो फिल्म पनि यही वर्ष रिलिज हुनेछ। फिल्ममा वरुण सँै वामिका गब्बी र किर्ती सुरेशको मुख्य भूमिका रहनेछ।
हिरोइनका फिल्म
द क्रू: निर्देशक राजेश कृष्णनको निर्देशनमा करिना कपूर, तब्बू र कृति सेनन फिल्म ‘द क्रू’मा देखिनेछन्। पहिलो पटक तीन जना अभिनेत्री एकसाथ मिलेर फिल्मलाई लिड गर्नेछन्। एयरलाइन्सको पृष्ठभूमिमा बनेको फिल्ममा कमेडी देख्न पाइनेछ। फिल्ममा कपिल शर्मा र दिलजीत दोसान्झ पनि देखिनेछन्।
द बकिंघम मर्डर्स: करिना कपूर सह-निर्माता रहेको फिल्म ‘द बकिंघम मर्डर्स’ पनि यही वर्ष रिलिज हुनेछ। यो थ्रिलर फिल्मलाई हन्सल मेहताले निर्देशन गर्नेछन्।
-बीबीसी हिन्दीबाट


