काठमाडौँ- त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गरिएको छ।
परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरले शुक्रबार कीर्तिपुरमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।
तीनतले त्रिवि पुस्तकालय भवन भारतीय सहयोगमा निर्माण गरिएको हो।
यो भवन त्रिविलाई हस्तान्तरण पनि गरिएको छ। यो पुस्तकालय भवनमा करिब दुई हजार विद्यार्थी बसेर अध्ययन गर्न सकिने त्रिविले जनाएको छ।
०७२ मा गएको भूकम्पले क्षति पुर्याएपछि पुस्तकालयको नयाँ भवन निर्माणको काम वि.सं. २०७७ बाट सुरू भएको थियो। करिब ३६ करोड लगानीमा भवन बनाइएको हो।






