२०८३ कार्तिक १३ गते बिहिबार

यी ५ निर्णय, जसले टी-सिरिजलाई विश्वकै अग्रणी बनायो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २१
Bhusan

काठमाडौं- टी-सिरिज भारतीय सिनेमाको सबैभन्दा ठूलो नाम मध्येको एक हो। टी-सिरिज एक संगीत कम्पनीका रुपमा सुरु भएको थियो। विस्तारै कम्पनीले फिल्म निर्माण थाल्यो। टी-सिरिजलाई यो मुकाममा ल्याउने व्यक्तिको नाम हो-भुषणकुमार। उनका पिता गुलशन कुमारको असामयिक निधनका कारण १९ वर्षको उमेरमा भुषणले कम्पनीको बागडोर सम्हालेका थिए।

त्यसयता उनले साहसपूर्वक कम्पनीलाई नयाँ उचाईमा पुर्‍याए। हालै उनी भेराइटी-५०० सूचीमा समावेश भएका छन्। यो सूचीमा विश्वमा मनोरञ्जनका क्षेत्रका टम क्रुज, टिम कुक, शाहरुख खान, सत्या नडेला, लियोनार्दो डिकेप्रियो, मुकेश अम्बानी, मार्क जुकरबर्ग, सुन्दर पिचाई, स्टिभन स्पिलबर्ग र एलन मस्क जस्ता व्यक्ति पनि समावेश छन्।

आफ्ना सुरुवाती चुनौतीका बारेमा कुरा गर्दै भुषण भन्छन्, ‘संगीत र डिजिटल प्लेटफर्ममा आफ्नो नेतृत्व स्थापित गरेपछि मैले सिनेमा जगतमा राम्रा ‘क्रियटिभ माइन्ड’ भएका कथाकारसँग काम गर्न कडा मेहनत गरेँ। हामीलाई टी-सिरिज स्टुडियोको व्यवसायको विकासप्रति बहुत गर्व लाग्छ। किनकि हामीले विभिन्न शैलीमा कथा सनुिरहेका छौं र विभिन क्षेत्रका ‘क्रियटिभ माइन्ड’हरुसँग काम गरिरहेका छौं।’

उनी थप्छन्, ‘टी-सिरिज संगीत र डिजिटल क्षेत्रमा अग्रणी कम्पनी हो। यसले भारतभरका सिनेमाप्रेमीको विश्वास हासिल गरेको छ। हामीसँग अग्रणी ओटीटी फ्लेटफर्म छ। किनकि हामी भारतको विविधतासँग मेल खाने खालका कथा पेश गर्छौं। आगामी वर्षमा हामी कम्पनीलाई थप बलियो बनाउनेछौं।’

यी पाँच रणनीति, जसले टी-सिरिजलाई सफलताको सिँढी चढायो

संगीतमा बलियो नेतृत्व 

कम्पनीको स्थापना गुलशन कुमारले गरेका थिए। उनले हिन्दी बाहेक अन्य भाषामा समेत संगीतको काम गरेका थिए। उनले भक्ति संगीतको पनि सुरुवात गरेका थिए।

हिन्दीका साथै अन्य क्षेत्रीय भाषा र सुफी शैलीमा पनि टी-सिरिजले कदम राखेको थियो। भुषण भन्छन्, ‘अहिले टी-सिरिज चार्ट बस्टिङ सिंगल्समा ध्यान केन्द्रीत गरिरहेको छ। जो हरेक ठाउँमा सन्न सकियोस्। मेरा लागि हरेक चुनौति सिक्ने र कार्यान्वयन गर्ने मौका थिए। संगीत कम्पनी स्थापित गरेर दायरा फराकिलो पार्नु थियो। मैले सबै जटिलता पार गर्न सकेँ।’

डिजिटल तरिका अपनाउनु

टी-सिरिज डिजिटल तरिका अपनाउने अग्रणी कम्पनी मध्ये एक थियो। कम्पनीको खासगरी यूट्युब, मेटा र अन्य ओटीटी प्लेटफर्ममा राम्रो पकड छ। अनलाइन मार्केटिङ र प्रचारमा पनि टी-सिरिज एककदम अघि छ।  टी-सिरिज डिजिटलका अध्यक्ष निरज कल्याणको नेतृत्वमा कम्पनीले अझ फड्को मारेको छ। युट्यूबमा २७५ मिलियन सस्क्राइबरका साथ टी-सिरिज विश्वको सबैभन्दा ठूलो यूट्युब च्यानल नेटवर्क बनेको छ। टी-सिरिजले हंगामा डिजिटल एन्टरटेन्मेट र डिजिटल फुटप्रिन्टको सहयोगमा भारतीय दर्शक माझ डिजिटल माध्यमको पहुँच पुर्‍याउन सफल भएको छ।

प्रोडक्सनमा ठूलो योगदान 

डिजिटल क्षेत्रमा कदम राख्ने पहिलो कम्पनी टी-सिरिजले पछिल्ला वर्षमा संगीत देखि प्रोडक्सनसम्ममा विविधता ल्याएको छ। आजका दिनमा यो कम्पनीलाई सबैभन्दा ठूलो फिल्म प्रोडक्सन हाउस मानिन्छ। भुषण भन्छन्, ‘हाम्रा लागि सबैभन्दा पहिलो कुरा सामग्री हो। हाम्रा लागि सामग्री नै सबथोक हो। मार्केटिङको कुरा गर्ने हो भने एक प्रभावशाली टिजर बनाउनु सुरुवाती विन्दु हो। हामी एक टिजर र एक ट्रेलर बनाउँछौं। जसले दर्शकलाई आकर्षित गर्छ।’

‘भुलभुलैया २’ जस्ता सुपर हिट र २०२३ मा भारतमा सबैभन्दा धेरै कमाइ गर्ने दोस्रो फिल्म ‘एनिमल’ जस्ता फिल्म निर्माण गरेर टी-सिरिजले बक्स अफिस कलेक्सनमा महत्वपूर्ण योगदान दिइरहेको छ।

द फ्रेन्चाइज किङ

टी-सिरिजले आफूलाई ‘फ्रेन्चाइज किङ’कारुपमा अघि बढिरहेको छ। ‘भुल भुलैया २’, ‘रेड २’, ‘दे दे प्यार दे’, ‘आशिकी’ र ‘एनिमल पार्क’ जस्ता फ्रेन्चाइजी फिल्मको निर्माण र विकासमा टी-सिरिज केन्द्रीत देखिन्छ।

सबैभन्दा नाफा कमाएको कम्पनी 

संगीत र फिल्म निर्माणमा आफ्नो विशाल प्रभाव  कायम राखेको टी-सिरिज भारतीय सिनेमा जगतमा अहिलेसम्मको सबैभन्दा धेरै नाफा कमाउने कम्पनी हो। हरेक वर्ष यसको आम्दानी बढिरहेको छ। यो ऋणमुक्त कम्पनी हो। यसको शेयर मूल्य ६ विलियन डलर भन्दा बढी पुगेको छ। सोही कारण यो कम्पनी भारतमा मात्रै नभएर पुरै एसियाको सबैभन्दा ठूलो मिडिया र मनोरञ्जन कम्पनी मध्येको एक बनेको छ।

(बलिउड हंगामाबाट भावानूवाद गरिएको।)

प्रकाशित: २०८० पुस २१ गते शनिवार ०३:४६
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना