काठमाडौँ- वि.सं १८१९ मा पृथ्वीनारायण शाहले ललितपुरबाट कालिगड झिकाई बनाउन लगाइएको नौतले दरवार १९९० को भूकम्पमा भत्किएर साततलामा सीमित भयो। यसपछि साततलेका नामबाट परिचित यो दरबार वि.सं २०७२ मा गएको विनाशकारी भूकम्पले क्षति पुर्याएको थियो।
भूकम्पको केही महिनापछि नै नुवाकोट दरबार क्षेत्रको पुनःनिर्माणमा चीनले बनाउने सार्वजनिक भएको थियो। तर ८ वर्ष बित्दा पनि अझै टेकोको भरमा छ नुवाकोट दरवार।
नुवाकोटका प्रमुख पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको पुनःनिर्माणले गति लिन नसक्दा अस्तित्व नै समाप्त हुने हो कि भयले स्थानीयहरु चिन्तित छन्। बर्सौँको घामपानीले यसको स्वरुप जीर्ण मात्र बनाएको छैन, उचित रेखदेखको अभावमा खण्डहर बन्दै गएको छ।
भूकम्पले नुवाकोट दरबार क्षेत्रको मुख्य आकर्षण मानिएको साततले दरवारलाई चिराचिरा बनाएर चर्काएको छ भने रंगमहल, गारद घर, भैरवी मन्दिर, तुलजा भवानीको मन्दिर, नारायण मन्दिर लगायतको सम्पदाहरु भत्काएको थियो। नुवाकोट दरबार परिसरमा धार्मिक हिसावले महत्वपूर्ण मानिने भैरवी र तलेजु मन्दिर छन्।
मनोरम प्राकृतिक छटाहरुले भरिपूर्ण यो जिल्ला प्राचिन सम्पदाको पनि अवलोकन गर्न पाइन्छ। नुवाकोट दरबारबाट १० मिनेटको यात्रा पश्चात पुग्न सकिन्छ, महामण्डाल क्षेत्र। ऐतिहासिक तथा धार्मिक हिसाबले मण्डला क्षेत्र पनि उत्तिकै महत्वपूर्ण छ।










े




नेपाल फोटो लाइब्रेरी


