काठमाडौँ- सलमान खान स्टारर फिल्म ‘टाइगर ३’ ओटीटीमा रिलिज भएको छ।
गत नोभेम्बरमा सिनेमाघरमा रिलिज भएको यो फिल्म ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज भएको हो।
सलमानले सामाजिक सञ्जाल मार्फत फिल्म ओटीटीमा रिलिज भएको जानकारी दिएका हुन्।
स्पाई थ्रीलर फिल्म ‘टाइगर ३’लाई मनीष शर्माले निर्देशन गरेका हुन्। फिल्ममा सलमानसँगै कटरिना कैफ र इमरान हाशमीको मुख्य भूमिका छ।
आदित्य चोपडाले निर्माण गरेको फिल्म वाईआरएफ स्पाई युनिभर्सको पाँचौ फिल्म हो। फिल्म बक्स अफिसमा सफल सावित भएको थियो।
