काठमाडौँ- माघे सक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुलको व्यापार सुरु भएको छ। कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरूको भीड बढेको हो।
कालीमाटीमा घरतरुल, वनतरुल, सिमलतरुल, पानीतरुल, हात्तीपाइले, पातालेतरुल, आकाशेतरुल, नेपालीतरुल, रातो तरुललगायत बिक्री वितरण भइराखेका छन्।
कालीमाटी बजारमा तरुलको मूल्य प्रति ५ किलो २ सयदेखि ५ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ।













