इटहरी- सौन्दर्य प्रशाधनका सामग्री उत्पादक कम्पनी ट्रुडर्माले सुनसरीको इटहरीमा ब्युटी प्रोडक्टहरू सार्वजनिक गरेको छ।
शनिबार कम्पनीले इटहरीमा ब्युटी कन्फ्रेन्स (सौन्दर्य सम्मेलन) आयोजना गरी कम्पनीले विभिन्न प्रोडक्टहरू सार्वजनिक गरेको हो।
कार्यक्रममा ट्रुमीका सौन्दर्य सामाग्रीहरुका विशेषताबारे पनि जानकारी गराइएको थियो। कार्यक्रममा पूर्वाञ्चलका ब्युटिसियन तथा ब्युटिपार्लरका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले ट्रुडर्मा (ट्रुमी)का सामग्री प्रयोग गर्दा आफूलाई फाइदा पुगेको बताइन्।
‘आज घरबाट निस्कँदा मात्रै पनि ट्रुमीका सामग्री प्रयोग गर्दै आएकी छु। ट्रुडर्माका सनस्क्रिन प्रयोग गर्न थालेको लामो समय भएको र यसले आफूलाई फाइदा गरिरहेको छ,’ उनले भनिन्।
कार्यक्रममा मिस युनिभर्स नेपाल २०२३ जेन दीपिका ग्यारेटले ट्रुमीका प्रोडक्ट आफूले पनि प्रयोग गर्दै आएको जानकारी दिइन्।
ट्रुडर्माका सामग्रीले आफ्नो सुन्दरतामा निखार ल्याएको उनको भनाइ थियो।

कार्यक्रममा ट्रुडर्मा कम्पनीका विजय सिंगल, ट्रुडर्माका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिषेश मोन्टे र ब्रान्ड कन्सल्टेन्ट दीपक जैसवाल उपस्थिति रहेको थियो।
कार्यक्रममा एक वर्षमा ट्रुमीका ६ लाख बराबरका सामान बेच्नेलाई बैंकक टुर लगिने अफर पनि उद्घोष गरेको छ।
ट्रुमीको स्किमलाई मन पराउँदै ब्युटीसियनहरुले स्किममा सहभागी हुन फारम भरेका थिए।
ट्रुमीको केराटिन क्रिम, ट्रिटमेन्ट क्रिम ,स्याम्पु ,फेसवास, सिरम लगाएतका सामग्री उपभोक्ताले बढी मन पराउने गरेको कम्पनीको भनाइ छ।


