काठमाडौँ- एनसेलले जल तथा मौसमका कारण हुने प्राकृतिक प्रकोपबारे पूर्वसूचना प्रवाह गर्ने भएको छ। जल तथा मौसम विज्ञान विभाग र एनसेलबीच पूर्वसूचना प्रवाहबारे समझदारी भएको हो।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा.जगदिश्वर कर्माचार्यले बुधबार एनसेलको कर्पोरेट कार्यलय लैनचौरमा समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
बुधवार दुवै पक्षले हस्ताक्षर गरेको समझदारीपत्रमा पूर्वसूचना प्रणाली अन्तर्गत अब १३ प्रकृतिका प्रकोपबारे एनसेलले प्रयोगकर्तालाई पूर्वसूचना प्रवाह गर्नेछ।
बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदुषणलगायत प्रकोपबारे एनसेलले प्रयोगकर्तालाई अलर्ट गराउनेछ।


