२०८३ कार्तिक १२ गते बुधबार

चलचित्र शिवानीको कमाई ५२० रुपैयाँ मात्रै, सबैभन्दा बढी कसले कमायो?

 |  रासस
Sanket

रासस

काठमाडौँ, चैत २८
film_development_board

काठमाडौं– चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ।

बोर्डका अनुसार २०७९ सालमा मा नेपाली ५२ र विदेशी ८३ गरी १३५ चलचित्र प्रदर्शन भए पनि एक सय ३२ वटा चलचित्रको कमाइ सार्वजनिक गरिएको हो । बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४ः द फाइनल म्याच’ को सात लाख ६६ हजार सात सय टिकट बिक्री भएबापत २१ करोड ३८ लाख १३ हजार चार सय ६२ ग्रस व्यापार गरेको छ ।

विदेशीतर्फ कन्नड चलचित्र ‘केजिएफ च्याप्टर २’ले छ लाख ७७ हजार ६ सय ९९ टिकेट बिक्री भएबापत १९ करोड २९ लाख १३ हजार सात सय ५८ कमाएको छ । नेपाली र विदेशीतर्फ सर्वाधिक कमाई गर्ने यी दुई चलचित्र हुन्। बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा सामान्य फरक भने पर्न सक्ने बक्सअफिस अधिकृत प्रवीण पाण्डेले जानकारी दिए।

तथ्याङ्क अनुसार यस वर्षभरमा प्रदर्शन भएका चलचित्र शिवानीको पाँच वटा टिकट मात्रै बिक्री भएका छन्। जसबाट चलचित्रले पाँच सय २० रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

‘सबै चलचित्र भवनमा बक्सअफिसको प्रविधि जडान भए पनि अनुगमनको अभावमा केही हेरफेर हुनसक्छ । केहीले नियतवश पनि गरिरहेका हुन्छन् । तर बोर्डले यसमा अनुमगन बढाएको छ,’ अधिकृत पाण्डेले भने, ‘हामीसँग रहेको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेका हौँ ।’ बोर्डले सार्वजनिक गरेको विवरणअनुसार यी हुन् सर्वाधिक व्यापार गर्ने सात नेपाली चलचित्रः

कबड्डी ४ः द फाइनल म्याच

‘कबड्डी’कै शृङ्खलाका रूपमा अगाडि बढिरहेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्नुभएको हो । बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४ः द फाइनल म्याच’ को सात लाख ६६ हजार सात सय टिकट बिक्री भएबापत २१ करोड ३८ लाख १३ हजार चार सय ६२ ग्रस व्यापार गर्न सफल भएको छ।

बाँसुरी फिल्मसको प्रस्तुतिमा तयार भएको चलचित्रमा सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायतका कलाकारको अभिनय छ ।

छक्का पञ्जा ४

गत फागुन १९ देखि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ ले ६ लाख आठ हजार चार सय दुई टिकेट बिक्री भएबापत १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४ ग्रस व्यापार गरेको छ । प्रदर्शनरत भएकाले यसको व्यापार अझै बढ्ने देखिन्छ । राजनीतिक विकृतिलाई प्रस्तुत गरिएको चलचित्रमा पिताको विरासत जोगाउन राजनीतिमा होमिएका दीपकराज गिरी (राजा)लाई खराब स्वभाव र शैलीको नेताका रुपमा चित्रण गरिएको छ । हेमराज विसीले निर्देशन गरेको चलचित्रमा नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकी लगायतको अभिनय छ ।

प्रेम गीत ३

‘प्रेम गीत’ को तेस्रो शृङ्खलाका रूपमा प्रदर्शन भएको ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको थियो । सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा र शिव श्रेष्ठ लगायतको अभिनय छ । प्रेम कथानक चलचित्रको पहिचान बनाएको शृङ्खलाबाटै अभिनेता खड्का अहिलेको उचाइमा पुगेका छन्। चलचित्रले नेपाली भाषामा दुई लाख ६९ हजार सात सय ४४ टिकट बिक्री भएबापत सात करोड ७० लाख ३५ हजार पाँच सय ५८ र हिन्दी भाषामा ८३ हजार एक सय ४४ टिकेट बिक्री भएबापत दुई करोड २७ लाख २९ हजार तीन सय ६७ रुपैयाँको ग्रस व्यापार गरेको छ ।

महापुरुष

सर्वाधिक कमाई गर्ने चौथो चलचित्र ‘महापुरुष’ बनेको छ। चलचित्रले दुई लाख ४७ हजार पाँच सय १७ टिकेट बिक्री भएबापत सात करोड ३८ लाख ९० हजार ६ सय ७० रुपैयाँको ग्रस व्यापार गरेको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, नरेश पौड्याल, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन्।

दुई नम्बरी

दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘दुई नम्बरी’ सर्वाधिक व्यापार गर्ने चलचित्रको पाँचौँ नम्बरमा छ । चलचित्रको एक लाख ४१ हजार ६ सय ३९ टिकेट बिक्री भएबापत तीन करोड ८४ लाख ७३ हजार पाँच सय २० को ग्रस कलेक्सन भएको छ । मित्रताको कथामा आधारित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुस्कर गुरुङ लगायतले अभिनय गरेका छन्। भुटानी अभिनेत्री उगेन छोदेनले ‘दुई नम्बरी’ मार्फत नेपाली चलचित्रमा अभिनयको सुरुआत गरेकी थिइन्।

फूलबारी

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी’ सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीमा छैटौँ स्थानमा छ । अवकाश प्राप्त शिक्षकको जीवनी देखाइएको चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राईको अभिनय छ। चलचित्रले एक लाख २६ हजार एक सय ९० टिकेट बिक्री भएबापत तीन करोड ५२ लाख ८९ हजार चार सय ५९ रुपैयाँको ग्रस व्यापार गरेको छ। अभिभावकले सन्तानबाट राख्ने अपेक्षा र सन्तानले भुलेको संस्कारलाई कथा बनाइएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको छ ।

झिङ्गेदाउ

ज्ञानेन्द्र देउजाले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘झिङ्गेदाउ’ सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीको सातौँ स्थानमा छ । बोर्डको विवरणअनुसार चलचित्रले एक लाख २२ हजार दुई सय ९० टिकेट बिक्री भएबापत तीन करोड ४१ लाख १३ हजार दुई सय २३ रुपैयाँ ग्रस व्यापार गरेको छ। चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, हिउँवाला गौतम लगायतले अभिनय गरेका छन्।

प्रकाशित: २०७९ चैत २८ गते मङ्गलबार ०६:२७
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना