काठमाडौं- साउथका सुपरस्टार सूर्याको आगामी फिल्म ‘कांगुवा’ सन् २०२४ को सबैभन्दा प्रतिक्षीत फिल्म मध्येको एक हो। यो फिल्मलाई शिवाले निर्देशन गरेका हुन्। यो एक परियड एक्सन ड्रामा फिल्म हो। फिल्मका निर्माताले गत नोभेम्बरमै फिल्ममा सूर्याको पहिलो लुक सार्वजनिक गरेका थिए। अहिले फेरी निर्माण पक्षले दोस्रो लुक जारी गरेको छ। पोस्टरमा सूर्या फरक-फरक लुकमा देखिन्छन्।
निर्माणपक्षले पोस्टर सावर्जनिक गर्दै भनेको छ, ‘समय भन्दा पनि बलियो नियती; अतित, वर्तमान र भविष्य; गुञ्जनेछ एै नाम-कंगुवा।’ यो फिल्म मार्फत सूर्या र शिवाले पहिलो पटक सहकार्य गर्न लागेका हुन्। फिल्ममा दिशा पटानी र बबी देओलको मुख्य भूमिका छ। यस्तै जगपाति बाबू, योगी बाबू, रेडिन किंङ्सले, केएस रविकुमारलगायतको अभिनय रहनेछ।
A Destiny Stronger Than Time ⏳
The past, present and future.All echo one name! #Kanguva 🦅
Here is the #KanguvaSecondLook ⚔️@Suriya_offl @DishPatani @directorsiva @ThisIsDSP @GnanavelrajaKe @UV_Creations @KvnProductions @NehaGnanavel @saregamasouth pic.twitter.com/9iwoiZuiOq
— Studio Green (@StudioGreen2) January 16, 2024


