२०८३ कार्तिक १२ गते बुधबार

जीवन र विद्रोहीका स्वरदेखि विप्लवका गीतसम्मले घन्काए पोखरा

 |  रासस
Sanket

रासस

पोखरा, चैत २९
RT-GANDAKI
'राष्ट्रका लागि सङ्गीत अभियात्रा’ अन्तर्गत मङ्गलबार पोखरामा आयोजित कार्यक्रममा जनवादी गीत प्रस्तुत गर्दै लोकप्रिय गायक जीवन शर्मा। तस्बिर : रामबहादुर थापा / रासस

टुटफुट र खण्डित कुरा नगर…
‘टुटफुट र खण्डित कुरा नगर
आत्मसर्मणको कुरा नगर
एकढिक्का एकताको कुरा गर
वीरताको कुरा गर..’

टुटुफुटको अन्तहीन शृङ्खलाबाट दलहरू गुज्रिरहेका बेला कलाकारले भने एकताको स्वर मुखरित गरेका छन्। समाज बदल्ने अभिष्ट पूरा गर्न नेताहरूलाई एकतामा समाहित हुन उनीहरूले गीतमार्फत आह्वान गरेका हुन्।

‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’अन्तर्गत मङ्गलबार पोखरामा आयोजित साङ्गीतिक प्रस्तुतिमा कलाकारले गीत, नृत्य र अभिनयका माध्यमबाट समाजका विसङ्गतिमाथि खबरदारी गरे। क्रान्तिका लागि सँगै लडेका कम्युनिस्ट एकापसमा विभक्त भएकामा चिन्ता पोखे। न्याय, मुक्ति र समानताका पक्षमा स्वर मिलाए। सर्वहारा वर्गका दुःख, वेदना र सङ्घर्षका कथालाई गीतमा प्रस्तुत गरे। कलाकारले कार्यक्रममा सामूहिक र बेग्लाबेग्लै प्रस्तुति दिएका थिए।

गायक कर्ण विद्रोहीको रचना, सङ्गीत र स्वर रहेको ‘टुटफुट र खण्डित कुरा नगर…’ गीत सबैले एकै स्वरमा गाए। गायक जीवन शर्माको ‘यो रातो लालटिन, हाम्रो रातो लालटिन…’ लाई पनि कलाकारले सामूहिक रूपमा प्रस्तुत गरे।

गायक शर्माले आफ्ना लोकप्रिय गीत ‘सिमली छायाँमा’, ‘झरनाको चिसो पानी’, ‘चाहिँदैन मलाई’लगायत सुनाए। गायक मोहित श्रेष्ठले ‘प्यारो जलजला’, गायिका निलीमा पुनले ‘लेख्दैछु चिठ्ठी तिमीलाई’ तथा गायक उदय श्रेष्ठले श्याम तमोटद्वारा रचित ‘पहाडका कुरा भए’ प्रस्तुत गरे।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले लेखेको गीत ‘जनताको काखैमा बसेर’लाई गायक चिरन पुनले गाए। गायिका अनु शर्मा, काजी गाउँलेलगायतले पनि गीत सुनाए। पोखरास्थित सङ्गम सांस्कृतिक मञ्चका कलाकारले पनि आफ्नो प्रस्तुति प्रस्तुत गरे।

व्यवस्था फेर्न जनताले ठूलो बलिदानीपूर्ण सङ्घर्ष गरे पनि अवस्था उस्तै रहेकाले अहिले पनि परिवर्तनका गीत गाउँदै हिँड्नुपरिरहेको गायक शर्माले बताए। ‘हामीले भनेजस्तो अझै भएको छैन,’ उनले भने, ‘समाजमा अहिले पनि विभेद छ, शोषण छ, त्यसैले गीतसङ्गीतमार्फत खबरदारी गरिहरनुपरको हो।’

राष्ट्रिय एकताको पक्षमा आवाज बुलन्द गर्दै जनजागरण सिर्जना गर्न देशव्यापीरूपमा सङ्गीत अभियात्रा थालिएको गायक शर्माले बताए। सो अभियानमा २२ कलाकार सहभागी छन्। उक्त साङ्गीतिक समूहमा सङ्गीतकर्मी मणिचन्द्र थापा, उदय श्रेष्ठ, माधव प्रधान, कुस्मिता दर्लामी, टेक बलम्पाकी, उदय रिजाल, लक्ष्मण पाख्रिन, नारायण शर्मा, कविता पुन, सन्ध्या मगरलगायत छन्।

अभियात्राको दशौँ कार्यक्रम पोखरामा सम्पन्न भएको गायक विद्रोहीले बताए। कार्यक्रमको स्थानीय व्यवस्थापन र समन्वयमा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठानलगायत सङ्घसंस्थाले सघाएका थिए। पोखरा उद्योग वाणिज्य सङ्घको सभाकक्षमा भएको कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति थियो।

चैत ४ गते धनगढीबाट सुरु भएको सङ्गीत अभियात्राअन्तर्गत सातै प्रदेशका राजधानीसहित ठूला सहरमा कार्यक्रम केन्द्रित गरिएको हो। आगामी वैशाख ५ गते काठमाडौँमा कम्युनिष्ट पार्टीका प्रमुख नेताहरुको उपस्थितिमा साङ्गीतिक अभियान समापन गरिने बताइएको छ।

प्रकाशित: २०७९ चैत २९ गते बुधबार ०९:४२
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना