ऋतिक रोशनको फिल्म ‘ब्याङ ब्याङ’ भारतमा रिलिज भएको ९ वर्षपछि जापानमा रिलिज भएको छ। पठानका निर्देशक सि सिद्धार्थ आनन्दले निर्देशन गरेको ‘ब्याङ ब्याङ’ २०१४ मा भारतमा रिलिज भएको हो। यो फिल्म जापानमा निकै रुचाइएको छ।
यो फिल्मको सुपरहिट गीत ‘तु मेरी’मा जापानी जोडीले रिल बनाइरहेका छन्। फिल्ममा ऋतिक रोशनसँगै कटरिना कैफको पनि मुख्य भूमिका छ।
