काठमाडौँ- काठमाडौँको नयाँबानेश्वर चोकनजिकै सडकमा गुडिरहेको बस भासिएको छ।
रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला सडकमै भासिएको हो।
सर्भिस लेनतर्फको सडक भासिएर बसको चक्का फसेको र बस कोल्टे परेको बताइएको छ।
नजिकै रहेको ट्राफिक प्रहरीले बसलाई त्यहाँबाट हटाउने प्रयास गरिरहेको छ।
यसअघि २०७८ साल कात्तिकमा बानेश्वर सडककै सिभिल अस्पताल अगाडि सडक भासिएर खाल्डो परेको थियो।


