२०८३ कार्तिक ११ गते मङ्गलबार

शुक्रद्वारा सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १३
gulf

धरान- नेपालका नम्बर एक गल्फर शुक्र बहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गरेका  छन्।

अन्तिम दिन १-अन्डर ६९ सहित समग्रमा ३-अन्डर २ सय ७ को स्कोरमा धरानका अर्का प्रो नीरज तामाङलाई ५ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै शुक्रले लगातार दोस्रो पटक उपाधि जितेका हुन। शुक्रको यो करियरको दशौं प्रमुख उपाधि हो। उनले उपाधिसँगै नगद १ लाख ४० हजार प्राप्त गरेका छन्। दशौं उपाधि जित्दै शुक्रले भेट्रान प्रो दीपक थापा मगर र पुर्व नम्बर एक गल्फर दीपक आचार्यसँग उपाधि सङ्ख्या बराबरी गरेका छन्।

अन्तिम १८ होलको सुरूवात गर्दा मात्र एक स्ट्रोकले पछि रहेका नीरजले आज शुक्रलाई चुनौती दिन सकेनन्। ३-ओभर ७३ को खराब प्रदर्शन गर्दा समग्रमा २-ओभर २ सय १२ को नतिजामा दोस्रो स्थानमा खेल सकाए। उनले ९६ हजार नगद हात पारे। पुर्व नम्बर एक गल्फर भुवन नगरकोटी समग्रमा ३-ओभर २ सय १३ सहित तेस्रो भए। उनले आज १-ओभर ७१ मा खेल सकाए। उनले ७२ हजार प्राप्त गरे।

समग्रमा ७-ओभर २ सय १७ को स्कोरमा राजेन राई, भुवन कुमार रोक्का र रामे मगरले संयुक्तरुपमा चौथो स्थान बाँडे। राजेन र भुवनले  ३-ओभर ७३ मा खेल सकाउँदा रामेले १-ओभर ७१ खेले। उनीहरूले जनही ५० हजार ५ सय नगद पुरस्कार आफ्नो नाममा लेखाए।

समग्रमा ९-ओभर २ सय १९ को स्कोरमा‌ रबि खड्का सातौं हुँदै ३९ हजार नगद हात पारे। उनले  ५-ओभर ७५ मा खेल सकाए। समग्रमा १० ओभर २ सय २० को नतिजा निकालेका सञ्जय लामा र सूर्य प्रसाद शर्माले संयुक्तरुपमा आठौं स्थानमा प्रतियोगिता सकाए। उनीहरूले जनही ३४ हजार २ सय ५० नगद प्राप्त गरे। धरानका देउराज पाख्रीनले समग्रमा ११-ओभर २ सय २१ को स्कोरमा दशौं हुदै ३१ हजार हात पारे। आज उनले ३-ओभर ७३ मा खेल पुरा गरे।

एमरच्योरतर्फ गजेन्द्र गुरूङ समग्रमा ८-ओभर २ सय १८ सहित युवराज भुजेललाई काउन्ट ब्याकमा हराउँदै उपाधि जित्न सफल भए। आज गजेन्द्रले ३-ओभर ७३‌ र युवराजले ६-ओभर ७६ को स्कोर गरे। समग्रमा ११-ओभर २ सय २१ सहित सुमन परियार र सुन्दर राईले संयुक्तरुपमा तेस्रो स्थान बाँडे। सुमनले आज इभन-पार ७० मा खेल सकाउँदा सुन्दरले ५-ओभर ७५ मा खेल पुरा गरे।

अन्तिम १८ होलको खेल सुरू हुदा शुक्र नीरज भन्दा मात्र एक स्ट्रोकले पछि रहेकोले उपाधि दौड प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको थियो। तर नीरजले शुक्रलाई चुनौती दिन सकेनन। शुक्रले सानदार सुरूवात गरे। तेस्रो देखि छेटौं होलसम्म लगातार चार बर्डीको सफलता प्राप्त गरे। आठौं होलमा एक सट गुमाएपछि फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे। सुरूवात राम्रो गरेपछि शुक्रले ब्याक नाइन बिना दबाब खेले। ११औं होलमा एक सट बचाउँदा १३औं, १४औं र १६औं होलमा बोगी खेपे। ब्याक नाइन २-ओभर ३६ मा पुरा गरेपनि ५ स्ट्रोकको सानदार नतिजामा च्याम्पियन बने।

नीरजले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। तेस्रो, छैटौं र नवौं होलमा एक-एक सट बचाए। तर पाँचौँ र आठौं होलमा बोगी प्रहार गरे। फ्रन्ट नाइन सकिंदा नीरज शुक्र भन्दा ३ स्ट्रोकले पछि थिए भने उनले ब्याक नाइनमा बिर्सनलायक ४-ओभर ३८ को प्रदर्शन गरे। १०औं, १४औं र १७औं होलमा बोगी र ४-पारको १५औ होलमा डबल बोगीको सामना गरे। अन्तिम होलको बर्डीले दोस्रो स्थान प्राप्त गरे।

भुवनले ५-पारको छैटौं होलमा डबल बोगी प्रहार गरे। तेस्रो, छैटौं र नवौं होलको बर्डीको मद्दतमा फ्रन्ट नाइन १-अन्डर ३५ मा‌ पुरा गरे। ब्याक नाइनमा तीन बोगी प्रहार गरे। १३औ, १४औं र १७औं होलमा एक-एक सट खेर फाले। १८औं होलमा बर्डी सहित ब्याक नाइन २-ओभर ३६ मा सकाए।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा ३० प्रो र १७ एमेच्योर गरी कुल ४७ गल्फरको सहभागीता रहेको थियो प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ्ग म्यानेजर केशव प्रधान, नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत तामाङ र धरान गल्फ कल्बका अध्यक्ष वीरेन्द्र विक्रम लिम्बुले पुरस्कार वितरण गरे।

प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो-एम प्रतियोगिता हुनेछ। सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत ६५ लाख पुरस्कार राशिको कुल आठ प्रतियोगिता हुनेछ।

प्रकाशित: २०८० माघ १३ गते शनिवार ०५:२७
प्रतिक्रिया

थप समाचार

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना