काठमाडौं– नीतिश कुमार नवौं पटक बिहारको मुख्यमन्त्री बनेका छन्। बिहारको राजनीतिमा उलटफेरकाबीच नीतिशले नवौँ पटक मुख्यमन्त्रीको शपथ लिएका छन्। नीतिशले आजै मात्र मुख्यमन्त्री पदबाट राजिनामा दिएका थिए।
उनले १७ महिना पुरानो महागठबन्धन अन्त्य गर्दै नयाँ समिकरण बनाएका छन्। १७ महिना अघि नीतिशले बिजेपीसँगको सहकार्य तोड्दै राष्ट्रिय जनता दल (आरजेडी), कांग्रेस आई सहितका दलसँग मिलेर महागठबन्धन बनाएका थिए।
नीतिश कुमारको जनता दल यूनाइटेडले भारतीय जनता पार्टीसँग मिलेर सरकार बनाएको हो। शपथ ग्रह समारोहमा बीजेपीका अध्यक्ष जेपी नड्डा, लोक जनशक्ति पार्टी (रामविलासका) नेता चिराग पासवानसमेतका बीजेपीका कयौँ नेताहरुको उपस्थिति रहेको थियो।
