काठमाडौँ- पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको निधन भएको छ।
मंगलबार बिहान हृदयघातबाट मरासिनीको निधन भएको जानकारी अस्पतालले गराएको पाटनका उपरजिस्ट्रार एवं प्रवक्ता तीर्थराज भट्टराईले बताए।
मङ्गलवार बिहान ९ बजे घरमा बसिरहेका बेला समस्या आएपछि उनलाई कलंकीस्थित नेसनल अस्पताल पुर्याइएको थियो।
उपचारका क्रममा बिहान १० बजे निधन भएको अस्पतालले घोषणा गरेको भट्टराईको भनाइ छ।
५६ वर्षीय न्यायाधीश मरासिनी दुई दिनअघि मात्र सरुवा भएर पाटन उच्च अदालतमा हाजिर भएका थिए।


