सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा जिप दुर्घटनमा परी दुई जना भूटानी नागरिकको मृत्यु भएको छ।
बुधबार बिहान ११ बजेतिर बा २ च ४४५० नम्बरको जिप हेलम्बु गाउँपालिका-१ मा जिप दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो। दुर्घटनामा परी ५ जना घाइते भएका छन्।
घाइतेमध्ये जिपका चालक नेपाली नागरिक हुन् भने बाँकी भूटानी नागरिक भएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ।
