काठमाडौं- भारतको झारखण्ड राज्यको मुख्यमन्त्रीबाट राजीनामा दिएको २४ घण्टा नबित्दै हेमन्त सोरेन पक्राउ परेका छन्।
सोरेनलाई ईडीले बुधबार पक्राउ परेको हो। राँची जमीन घोटलामा उनी पक्राउ परेका हुन्।
हेमन्तले बुधबार राति राज्यपाल राधाकृष्णन समक्ष मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। राज्यपाल राधाकृष्णनले उनको राजीनामा स्वीकृत गरेका छन्।
हेमन्तको राजीनामा लगत्तै महागठबन्धनका ४३ सांसदले नयाँ सरकार बनाउन दाबी पेश गरेका छन्।
सत्तापक्षले चंपई सोरेनलाई विधायक दलको नेता चुनेको छ। हेमन्तपछि झारखण्डको मुख्यन्त्री चंपई सोरेन बन्नेछन्।
यसअघि बुधबार दिउँसो साढे १ बजे ईडीका असिस्टेन्ट डायरेक्टर देवव्रत झा नेतृत्वको टोलीले हेमन्तको दिल्लीस्थित निवासमा छापा मारेको थियो।
ईडीले उनको निवासबाट ३६ लाख रुपैयाँ बरामद गरेको थियो।
यस्तै ईडीले राँची जमिन घोटलासँग जोडिएका दस्तावेजसँगै उनले गरो लगानीसम्बन्धी कागजात समेत बरामत गरेको थियो।
उनीसँग ईडीले बरामद भएका दस्तावेज र भेटिएको नगदको स्रोतबारे साधेपुछ गरेको थियो।
६ घण्टा लामो सोधपुछपछि ईडीले उनलाई पक्राउ गरेको थियो।


