काठमाडौँ- बुधबारबाट भएको मौसम बदलीसँगै जिल्लाको उच्च हिमाली भेगमा हिमपात भएको छ। मौसममा बदली भएर वर्षा र हिमपात भएको हो।
हिमपात र वर्षाले जनजीवन कष्टकर बनाएको छ। किसान भने खुसी भएका पनि छन्।
चिसोसँगै हिमपात भएपछि विद्यालयबाट टाढा रहेका विद्यार्थीलाई आवतजावतमा समेत समस्या हुँदा पठनपाठनमा समस्या भएको छ।
हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइएका विभिन्न बालीलाई फाइदा पुगेको बाजुरा जिल्ला बडीमालिका नगरपालिका–३ रजालीका कृषक कमल रावलले बताए।
जुम्ला, हुम्ला, मुगु तथा कालीकोटलगायतका जिल्लाका उच्च भागमा पनि हिमपात भएको छ।
हिमपात भएका कतिपय स्थानमा हिउँ खेल्न पुग्ने पर्यटकहरु पनि देखिएका छन्।

रुकुम पूर्व भुमे गाउँपालिका-१ स्थित मध्यपहाडी सडक खण्डमा बिहीबार हिमपातका कारण सडक अवरुद्ध भएपछि हिउँ पन्छाईदै। तस्बिर: कुलदीप न्यौपाने/रासस

रुकुम पूर्व भुमे गाउँपालिका-१ स्थित पहाडी भेगबाट गाउँ नजिक भेडीगोठ सार्दै रुकुम पूर्व लुकुमका स्थानीय भेडा पालक किसान। तस्बिर: कुलदीप न्यौपाने / रासस

मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसीकोट नगरपालिका-८ खोरखालीमा हिमपातले अबरुद्ध भएको सडकमा हिउँ हटाएर सुचारु गर्दै सुरक्षाकर्मी। तस्बिर; बलबहादुर ओली/रासस

हुम्लाको सिमकोट बजार र आसपास क्षेत्रमा भएको हिमपात। तस्बिर;दाने बोहरा / रासस

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अबरुद्ध भएपछी बिहीबार रुकुम पूर्वको सिमाना बगलुङमा अलपत्र अवस्थामा काठमाडौँबाट आएका गाडीहरु। तस्बिर; सर्जना कार्की/रासस

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अबरुद्ध भएपछी बिहीबार रुकुम पूर्वको सिमाना बगलुङमा अलपत्र अवस्थामा काठमाडौँबाट आएका गाडीहरु। तस्बिर; सर्जना कार्की/रासस

हुम्लाको सिमकोट विमानस्थललगायत आसपास क्षेत्रमा भएको हिमपात। तस्बिर;दाने बोहरा/रासस

हुम्लाको सिमकोट विमानस्थललगायत आसपास क्षेत्रमा भएको हिमपात। तस्बिर;दाने बोहरा/रासस

रुकुम पूर्व भुमे गाउँपालिका–१ रुपगामा परेको हिउँमा मनोरञ्जन लिँदै आन्तरिक पर्यटक। तस्बिर ; कुलदीप न्यौपाने/रासस

रुकुम पूर्व भुमे गाउँपालिका–१ रुपगामा परेको हिउँमा मनोरञ्जन लिँदै आन्तरिक पर्यटक। तस्बिर ; कुलदीप न्यौपाने/रासस

रुकुम पूर्व भुमे गाउँपालिका–१ स्थित मध्यपहाडी सडकखण्डको रुपगामा बिहीबार भएको हिमपात। तस्बिर ; कुलदीप न्यौपाने/रासस

म्याग्दी र मुुस्ताङ जिल्ला जोडने टोडके-धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन टोली हिउँले ढाकेको पदमार्ग छिचोलेर रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेतर्फ जाँदै। गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र रघुुगङ्गा गाउँपालिकासँगको समन्वयमा टे«किङ्ग एजेन्सीज एसोसियशन अफ नेपाल (टान) गण्डकीको आयोजनामा पदमार्गको खोज अनुुसन्धान गरिएको हो। तस्बिर ; सन्तोष गौतम/रासस

रुकुम पूर्व १८ माघ ; रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट बिहीबार बिहान देखिएको दादिङ्को डाँडामा परेको हिउँ। तस्बिर ; कुलदीप न्यौपाने/रासस

सिमकोट, १८ माघ ; हुम्ला बुधबार राति भएको हिमपात। तेस्रोपटक हिमपात हुँदा किसान खुसी भएका छन। तस्बिर ; दाने बोहरा/रासस

हुम्ला बुधबार राति भएको हिमपात। तेस्रोपटक हिमपात हुँदा किसान खुसी भएका छन। तस्बिर ; दाने बोहरा/रासस

जुम्लाको सदरमुकाम खलङ्गा बजारमा बुधबार परेको हिउँ। जुम्लालगायत माथिल्लो कर्णालीमा हिउँपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ। तस्बिर ; विजय रावत/रासस

जुम्लाको सदरमुकाम खलङ्गा बजारमा बुधबार परेको हिउँ। जुम्लालगायत माथिल्लो कर्णालीमा हिउँपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ। तस्बिर ; विजय रावत/रासस


