काठमाडौं- बलिउड सेलिब्रेटीहरूको डीपफेक भिडियोहरू रोकिने संकेत देखिएको छैन। रश्मिका मन्दाना, कट्रिना कैफ र नोरा फतेहलगायत धेरै अभिनेत्रीपछि अब अभिनेता अक्षय कुमारको एउटा डिपफेक भिडियो सार्वजनिक भएको छ।
यस भिडियोमा अक्षय एक अनलाइन गेमिङ प्लेटफर्मको विज्ञापन गरिरहेको देखिन्छ।
अभिनेतासँग सम्बन्धित व्यक्तिको विश्वास गर्ने हो भने, ‘अक्षयले यस्तो विज्ञापन कहिल्यै गरेका छैनन्। यो भिडियोको स्रोतबारे अनुसन्धान जारी छ। यो नक्कली सामाजिक सञ्जाल ह्यान्डल र कम्पनीविरुद्ध साइबर उजुरी परेको छ।
सामाजिक सञ्जालमा भाइरल भएको यो एआई जेनेरेटेड भिडियोमा नक्कली अक्षयले भनेका छन्, ‘के तिमीलाई पनि खेल्न मन लाग्छ ? म तपाईंलाई यो एप डाउनलोड गर्न र एविएटर खेल प्रयास गर्न सिफारिस गर्दछु। यो विश्वव्यापी लोकप्रिय स्लट हो जुन सबैले यहाँ खेल्छन्। हामीले क्यासिनोविरुद्ध खेल्नु पर्दैन, तर अन्य खेलाडीविरुद्ध खेल्नुपर्छ। म आफैं पनि पछिल्लो एक महिनादेखि हरेक दिन हरेक खेल खेलिरहेको छु।’
यो भिडियो सार्वजनिक भएपछि अक्षयले आफू निकै दुखी रहेको उनीनिकटस्थहरूले बताएका छन्। उनले आफ्नो टोलीलाई यस विषयमा निगरानी राखेर कानुनी कारबाही गर्न आग्रह गरेका छन्।
अक्षय हाल ‘बडे मियाँ छोटे मियाँ’ रिलिजको तयारीमा छन्। यसबाहेक उनीसँग ‘स्काई फोर्स’, ‘सिंघम अगेन’, ‘वेलकम टु द जङ्गल’ र ‘हेराफेरी ३’ जस्ता फिल्ममा बिजी छन्।


