२०८३ कार्तिक १५ गते शनिवार

जनकपुरमा चिन्ता : ‘विदेश जाइत मधेश’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

जनकपुरधाम, माघ २१
janakpur

जनकपुरधाम- बिहीबारदेखि जनकपुरधाम जारी जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन आज विभिन्न चार वटा विषयमा विमर्श गरिएको छ।

पाँच दिवसीय यो महोत्सवमा आज विदेश जाँदै मधेस, मिथिला चित्रकलामा समकालीनता, भाषाको सीमा र अनुवाद, लालित्य र लोकसरोकार भन्ने विषयमाथि छुट्टाछुट्टै सत्रमा विमर्श भएका महोत्सव आयोजक मिथिला विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए।

त्यसैगरी दुई वटा नाटक प्रदर्शन र प्रतिष्ठित स्थानीय तथा अन्य क्षेत्रबाट आएका कलाकर्मीहरुबाट नाटक, साङ्गीतिक प्रस्तुतिलगायत कार्यक्रम पनि भएका अध्यक्ष चौधरीले बताए।

यस क्रममा ‘विदेश जाइत मधेश (विदेश जाँदै मधेस)’ शीर्षकमाथिको विमर्शका वक्ताहरुले मधेसजस्तो उर्बर तथा समथर भूमिमा रोजगारीका अवसर सृजना गर्ननसक्दा युवा दिनप्रतिदिन विदेश पलायन हुनथालेकोमा गम्भीर चिन्ता व्यक्त गरे।

कार्यक्रममा राजनीतिज्ञ बृखेशचन्द्र लालले भोको पटले देश विकासमा योगदान गर्ननसक्ने भन्दै त्यसैकारण आम युवाहरू सस्तोमा श्रम बेच्न विदेश पलायन हुन बाध्य भएको बताए।

देश बनाउने बेला युवा जनशक्ति विदेशीनुलाई नयाँ संस्करणको पराधिनताको संज्ञा दिँदै उनले त्यसरी विदेशीने युवामध्ये २८ दशमलव ६८ प्रतिशत युवा मधेशको हुनुले भयावह स्थितिलाई देखाइरहेको टिप्पणी गरे।

यसैगरी, डा सूर्यनाथ मिश्रले देशमा रहेका सम्भावनाका क्षेत्रमा राज्यको योजनाबद्ध लगानी नहुँदा रोजगारी सिर्जना हुननसकेको र त्यसको मारमा सबैभन्दा बढी आर्थिकरूपमा विपन्न वर्ग परेको बताए।

उनले सस्तो श्रमका लागि विदेशीने बहुसङ्ख्यक विपन्न जनतालाई लक्षित गरी राज्यले समयमै रोजगारीको अवसर सिर्जनामा लाग्नुपर्नेमा जोड दिए।

त्यसैगरी २७ वर्ष कतारमा काम गरेर फर्किनुभएका मोहरम नद्दाफ नेपालको राजनीतिक नेतृत्वमा देश बनाउने सोच र योजना नहुँदा युवाहरु विदेश जान बाध्य भएको बताए।

उनले तालिम र सीपको अभावमा विदेश जाने युवाहरूले जोखिमपूर्ण अवस्थामा काम गरिरहेका विषयमा बारम्बार कुरा उठ्दा पनि राज्यले लगानी गर्न नसक्नु झनै दुःखद भएको बताए।

कार्यक्रमका वक्ताहरु डा.सोहन साह, कौशल्य कुस्वाहा, संजोग देव, देवेन्द्र भट्टराई, परमेश मण्डलले देशको अर्थतन्त्रको ठूलो हिस्सा विप्रेषणबाट चलिरहेका पनि त्यसबाट वैदेशिक रोजगारमा गएका परिवारले लाभ पाउने गरी योजना बनाउन जरुरी रहेको धारणा राखे।

‘मिथिला चित्रकलामे समकालिनता’ शीर्षकको विमर्शमा वरिष्ठ चित्रकार एस.सी सुमन, उमाशङ्कर साह, श्यामसुन्दर यादव, पद्मश्री दुलारी देवी, श्रीमती कल्पजा सिंह, विजयदत्त मणिले मिथिला चित्रकलाको व्यावसायिक विकासका लागि तीनै तहका सरकारले लगानी गर्नुपर्ने आवश्यकता औँल्याए।

भाषाको सीमा र अनुवाद सत्रमा भारतबाट आउनुभएका भाषाविद्हरु अशोक, डा. निक्की प्रियदर्शिनी, भाष्करानन्द भाष्कर, प्रदीप विहारी, ललित झा, शिवशंकर श्रीनिवासले भाग लिए।

मैथिली संस्कृति : लालित्य र लोकसरोकार सत्रमा डा. महेन्द्रनरायण राम, परमेश्वर कापरी, अजित आजाद, रूपा झा, प्रवीणनारायण चौधरीले मैथिली कला संस्कृतिका विविध पक्षमा बृहंगम छलफल गरे।

प्रकाशित: २०८० माघ २१ गते आईतबार १०:२६
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना