२०८३ कार्तिक ११ गते मङ्गलबार

गत वर्ष साढे २८ अर्ब राजस्व बुझायौँ, यसपालि अझै बढ्छ

 |  संगीता पहाडी
Sanket

संगीता पहाडी

काठमाडौँ, माघ २२
sangita_pahadi

मुलुकमा दूरसञ्चार सेवाको शुरुवात, विकास र विस्तारको एक शताब्दी भन्दा लामो गौरवशाली इतिहास बोकेको संस्थाको रुपमा परिचित र वि.सं. २०६० माघ २२ गते ‘कम्पनी’ मा रुपान्तरण भए पश्चात नेपाल टेलिकम आज आफ्नो कम्पनी स्थापनाको २०औं वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको छ।

यो लामो यात्रामा शुभकामना, सहयोग र सद्भाव प्रदान गरी निरन्तर हौसला दिनु हुने नेपाल सरकारका निकायहरु, नियामक निकाय, कम्पनीका ग्राहकवर्ग, शेयरधनी, सेवा सञ्चालनमा सहयोग पु¥याउने आपूर्तिकर्ता लगायत विभिन्न निकायहरु तथा शुभेच्छुक महानुभावहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयात्राको अपेक्षा गर्दछु।

विगतका विभिन्न समयमा आइपरेका बाधा अड्चन र कठिन परिस्थितिको समयमा पनि कम्पनीका सेवाहरुलाई अबिछिन्न रुपमा गुणस्तर कायम राख्दै संचालन गर्नको लागि कम्पनी सञ्चालक समितिबाट प्राप्त निर्देशन, कम्पनीका कर्मचारी मित्रहरुबाट प्रदर्शित जिम्मेवारी बोध एवम् ग्राहकवर्गबाट प्राप्त माया र सद्भावप्रति कम्पनीको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु।

विगत र वर्तमानलाई संक्षिप्त विवेचना गर्दाः
२० वर्ष अघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिब ४ लाख २२ हजार रहेकोमा आज कम्पनीको ग्राहक आधार २ करोड १८ लाखभन्दा बढी छ। मुलुकका अधिकांश भुभागमा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ।

कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित फोरजी एलटीई प्रविधिमा आधारित मोबाइल र डाटा सेवा तथा ७४ जिल्लामा अप्टिकल फाइवरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको छ।

कम्पनीले आधारभूत टेलिफोन, ताररहित जीएसएम मोबाइल, अति दुर्गम विकट स्थानहरुमा भी(स्याट प्रविधिमा आधारित सेवा, इन्टरनेट/डाटा सेवा तथा अन्य भ्यालु एडेड सर्भिसेज उपलब्ध गराउंदै आएको छ।

त्यसैगरी हाल कम्पनीले बबरमहल, सुन्धारा, पोखरा तथा वीरगञ्जमा फाइभजी उपकरणहरु जडान सम्पन्न गरी परीक्षण कार्य समेत सम्पन्न गरेको छ। बाँकी चार प्रदेशमा समेत उपकरण जडान गर्नका उपकरण आयातको अनुमतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरिसकेको छ।

आगामी दिनमा फोरजी सेवा विस्तार र फाइभजी पनि क्रमशः परीक्षण पश्चात विस्तार गर्ने कम्पनीको योजना छ।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीको कुल आय रु ४४ अर्ब ४२ करोड पुगेको छ भने कम्पनीको खुद मुनाफा रु ७ अर्ब ९२ करोड भएको छ।

चालु आवको पौष मसान्तसम्म कम्पनीले करिब २० अर्ब ५३ करोड राजश्व प्राप्त गरेको छ।

मुलुकको अर्थतन्त्रमा कम्पनीले पुर्‍याएको योगदान हेर्ने हो भने आ.व.२०७९/८० मा कर तथा गैह्रकर गरी कम्पनीले रु २८ अर्ब ४६ करोड रकम योगदान गरेको छ भने यस आवमा उक्त योगदान झन् बढ्ने अपेक्षा गरिएको छ।

कम्पनीको ग्राहक आधार २०८० मंसिर महिनाको अन्त्यसम्ममा २ करोड १८ लाख ४४ हजार ५ सयभन्दा बढी रहेको छ।

सोमध्ये जीएसएम मोबाइलका ग्राहक २ करोड १२ लाख ४२ हजार र पीएसटीएन सेवाका ग्राहक २ लाख ६६ हजार रहेका छन्।

त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक ३ लाख ३६ हजार रहेका छन्। यो अवधिमा फोरजी प्रयोगकर्ता १ करोड ३९ लाख ६७ हजार छन्।

कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता २०८० मंसिर महिनाको अन्त्यसम्ममा कुल २ करोड १५ लाख ४४ हजार ३ सय भन्दा बढी पुगेका छन्।

सो मध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता २ करोड १२ लाख ४१ हजार ८ सय, एडीएसएल सेवाका प्रयोगकर्ता २८ हजार ७ सय र एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता २ लाख ७३ हजार ७५३ रहेका छन्। यस अवधिसम्म आईपीटीभी प्रयोगकर्ता ३५ हजार १६४ छन्।

देशका विभिन्न स्थानमा पुरानो तामाको तारयुक्त प्रविधिलाई एफटीटीएच प्रविधिमा स्तरोन्नति एवम् ७४ जिल्लामा एनटी फाइबरको विस्तार गरिनुका साथै एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन विभिन्न कार्य भइरहेका छन्।

सेवाको गुणस्तर सुधार गर्न माननीय मन्त्री रेखा शर्माज्यूको प्रत्यक्ष निर्देशनमा राजमार्थ नेटवर्क सुधारको कार्य अगाडि बढाइएको छ। त्यसैगरी जिल्लावाइज नेटवर्क सुधार गर्ने उद्देश्यले १९ जिल्लालाई नमूना टेलिकम जिल्ला घोषणा गरी तीव्रताका साथ कार्य अगाडि बढाइएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतः

  • रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट जिल्लामा गत कात्तिक १७ गते गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरुलाई टेन्ट, ब्ल्यांकेट तथा म्याट्रेस उपलब्ध गराईनुका साथै त्यस क्षेत्रमा नेपाल टेलिकमको सिमकार्डमा ५ दिनसम्म निःशुल्क भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराईएको, जसको लागत करिब ३ करोड रहेको।
  • हरियाली प्रवर्द्धन अन्तर्गत माइतीघर–तीनकुने सडकखण्डमा हरियाली संरक्षण तथा सौन्दर्यता अभिवृद्धि कार्य गरिँदै आएको छ।
  • सामुदायिक विद्यालयहरूमा आईसीटी ल्याबको स्थापना गरिनेछ।
  • सरकारी तथा सामुदायिक विद्यालयहरुमा एफटीटीएच र नमस्ते वाईफाई उपलब्ध गराइनेछ।
  • वीर अस्पताल तथा अन्य सामुदायिक अस्पतालमा कुरुवाहरुको लागि बेड-कम-चेयर उपलब्ध गराइनेछ।

कम्पनीको २० औं वार्षिकोत्सवको अवसरमाः

  • हाल सञ्चालनमा रहेको च्याटबोट लाई स्तरोन्नति गरी एआई प्रविधिको एलएलएममा आधारित च्याटबोटको सफ्ट लन्च गरिनेछ।
  • कम्पनीका कर्मचारी ग्राहकवर्गको घरदैलामै पुगी टेलिकमका सेवा प्रदान गर्ने गरी माघ २१ गते दूरसञ्चार कार्यालय, सुन्धाराबाट नेपाल टेलिकम अन ह्विल कार्यक्रम शुभारम्भ भई देशभर विस्तार हुने क्रममा रहेको छ।
  • गत वर्षको वार्षिकोत्सव अफर अन्तर्गतको एफटीटीएच कम्बो प्याकेज खरिद गर्नु भएका ग्राहकले साविकको भन्दा करिब १५% कम मूल्यमै ५० एमबीपीए क्षमताको एफटीटीएच प्याकेज नवीकरण गर्न सक्नुहुनेछ। नयाँ ग्राहकको हकमा साविककै मूल्यमा क्षमता अभिवृद्धि गरी २५०% सम्म पुर्‍याइएको कम्बो प्याकेट खरिद गर्न सक्नुहुनेछ।
  • नयाँ एफटीटीएच सेवा खरिद गर्दा एक थान प्रिपेड सिमकार्ड निःशुल्क प्रदान गरिनेछ।
  • नेपाल टेलिकमको एप पहिलो पटक डाउनलोड गर्दा १ जीबी डाटा प्राप्त गर्न सकिनेछ।
  • पोस्टपेड र प्रिपेड स्थापनादेखि नेटवर्कमा आवद्ध प्रथम ३०० ग्राहकलाई लोयल्टी प्याकेज अन्तर्गत १ महिनाको निःश’ल्क भ्वाइस सेवा उपलब्ध गराईएको छ।

आगामी योजनाः
हाल दूरसञ्चार बजारमा विभिन्न चुनौतीहरु छन्। यद्यपि हरेक चुनौतीलाई अवसरमा परिणत गर्दै गएको खण्डमा मात्र कम्पनीको प्रगतिमा दीर्घकालीन रुपमा स्थायित्व कायम गर्न सकिन्छ। आगामी दिनमा यसै अनुसार कार्य अगाडि बढाइने छ।

दूरगामी प्रभाव पार्ने रणनीतिक आयोजनाहरु जस्तैः मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर, डाटा सेन्टर, अत्याधुनिक तालिम तथा अनुसन्धान केन्द्र, फोरजी विस्तार, फाइभजी परीक्षण, डिजिटल मार्केटिङ, नयाँ भ्यालु एडेड सर्भिस, नमूना टेलिकम सेवा आदिलाई विशेष प्राथमिकताका साथ कार्यान्वयनमा लगिने छ।

सबै राजमार्गहरुमा हाइवे कभरेजलाई थप परिस्कृत तथा गुणस्तरयुक्त बनाइने छ। एफटीटीएच विस्तार कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने छ।

आईनोकलाई अझ बढी परिस्कृत बनाइने छ। कम्पनीको मोबाइल सेवा अन्तर्गत सञ्चालनमा रहेको म्यानेज्ड सर्भिस कार्यलाई व्यवस्थित गरिनेछ। नयाँ रान परियोजना कार्यान्वयनका लागि जोड दिइने छ। परिष्कृत हाई क्यापासिटी एसएमएस सेवाहरु सञ्चालन गरिनेछ। विश्व प्रसिद्ध र देश अनुकूल प्रविधिको क्रमशः कार्यान्वयन गरिनेछ।

(नेपाल टेलिकमको २०औँ वार्षिकोत्सव २०८० को अवसरमा प्रबन्ध निर्देशक पहाडीले राखेको मन्तव्यको सम्पादित अंश)

प्रकाशित: २०८० माघ २२ गते सोमबार ०६:०२
Sanket

संगीता पहाडी

प्रबन्ध निर्देशक नेपाल टेलिकमकी प्रबन्ध निर्देशक हुन्।
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना