काठमाडौँ- नेपाल पे इन्स्ट्यान्टका ग्राहकले नयाँ वर्ष २०८० को अवसरमा वैशाखभर निःशुल्क रकम ट्रान्सफर सुविधा पाउने भएका छन्।
नेपाल पेको एप्समार्फत कनेक्ट आइपिएस, मोबाइल बैंकिङ्ग तथा वालेटका प्रयोगकर्तालाई सित्तैमा रकम ट्रान्स्फर गर्न गर्न सकिने नेपाल क्लियरिङ हाउस लिमिटेडले जनाएको छ।
नयाँ वर्षमा नगदको सट्टा डिजिटल माध्यमबाट रकमको कारोबार गर्न प्रोत्साहन गर्न शुल्कमा छुट दिइएको कम्पनीले जनाएको छ।
नेपाल पे इन्सट्यान्ट मार्फत रकम पठाउँन प्रयोगकर्ताले कनेक्ट आइपीएस लग इन गरी फन्ड ट्रान्स्फर गर्न सक्नेछन्। कनेक्ट आइपिएस, मोबाइल बैंकिङ वा वालेटमध्ये एक विकल्प छनोट गरी व्यक्तिको रजिस्टर मोबाइल नम्बर राखेर गरी सजिलै रकम ट्रान्स्फर गर्न मिल्ने कम्पनीले जनाएको छ।
कनेक्ट आइपिएसका साथै उक्त सेवा केही मोबाइल बैंकिङ र वालेटमा पनि उपलब्ध छ।
