काठमाडौँ- भक्तपुरको मध्यपुर थिमी नगरपालिका –६ कमेरोटारको एक कवाडी पसलमा भीषण आगलागी भएको छ।
दिउँसो २ बजे सुरु आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत्त थिमीले जानकारी दिएको छ।
आगो निभाउनका निम्ति जुद्ध वारुणयन्त्र भक्तपुरबाट दुई वटा दमकल, नेपाली सेनाको दमकल र काठमाडौँबाट समेत दमकल मगाएर आगो निभाउने प्रयास भइरहेको प्रहरीले बताएको छ।
आगलागीमा मानवीय क्षति भने भएको छैन। आगलागीको कारण खुल्न बाँकी छ।
आगलागीबाट कवाडी पसलमा सङ्कलन गरिएका सबै कवाडी जलेर नष्ट भएको छ।
आगो नियन्त्रणमा आएपछि क्षतिको विवरण संकलन गरिने प्रहरीले बताएको छ।
