काठमाडौँ संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले आफ्नो कार्यकक्षमा पोछा लगाएका छन्।
शुक्रबार सिंहदरवारस्थित आफ्नो कार्यकक्ष पुगेका मन्त्री किराँतीले कार्यालय सहयोगीलाई काम गर्न नदिएर आफैँ पोछा लगाएका हुन्।
उनले सहयोगीसँग कुराकानी गर्दै पोछा लगाइरहेको भिडियो सार्वजनिक भएको छ।
उनले ती महिलालाई सहयोगीसँग कुराकानी गर्दै पोछा लगाइरहेको भिडियोमा देख्न सकिन्छ।
भिडियोमा ती महिलाले मन्त्रीलाई सहयोग गरेकोमा धन्यवाद दिएकी छिन्।
हिरण राईले बिहान साढे ७ बजे मन्त्रालय पुग्दा मन्त्री किराँतीले पोछा लगाइरहेको देखेको सामाजिक सञ्जालमा लेखेका छन्।
कतिपयले भने मन्त्री किराँतीले कार्यकक्षमा पोछा लगाएको भिडियो राख्नुलाई भने ‘स्टन्ट’ गरेको प्रतिक्रिया दिइरहेका छन्।


