काठमाडौँ- काठमाडौँमा शनिबार भएका दुई छुट्टाछुट्टै घटनाका आरोपित पक्राउ परेका छन्।
गौशालास्थित एक होटलमा महिलाको हत्या र टोखाको एक टहरोमा युवकको हत्याका आरोपित पक्राउ परेको प्रहरीले जानकारी दिएको थियो।
काठमाडौँ महानगरपालिका– ९ गौशालास्थित सिरहा धनुषा होटल एन्ड लजमा हिजो शनिवार एक महिला मृत भेटिएकी थिइन्।
एक पुरुषसँग आएकी महिला प्रमिला दमाईँ कोठामै मृत भेटिएकी थिइन् भने उनीसँगै आएका पुरुष फरार थिए। उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको थियो।
शनिबार नै काठमाडौँको टोखास्थित एक टहरोमा दिपेश खड्का मृत भेटिएका थिए। उनको पनि हत्या भएको आङ्कामा अनुसन्धान टोली खटाइएकोमा दुवै घटनाका आरोपित पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। दुवै घटनामा पक्राउ परेका आरोपितको पहिचान खुलाइएको छै ।
दुवै घटनाको विषयमा सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमुद ढुङ्गेलले जानकारी दिए।


