काठमाडौँ- नेकपा(माओवादी केन्द्र) निकट योङ कम्युनिस्सट लिग (वाईसीएल)ले आयोजना गरेको डिजिटल वक्तृत्वकला प्रतियोगितामा आशा उपरकोटी प्रथम भएकी छन्।
जनयुद्ध दिवसका अवसरमा आयोजना गरिएको वक्तृत्वकला डिजिटल माध्यमबाट आयोजना गरिएको थियो। सहभागीहरूले भिडियो बनाएर पठाएका थिए।
प्रतियोगितामा शीलु क्षेत्री द्वितीय र सम्झना राई तृतीय भए।
प्रथम भएकी उपरकोटीले ५५ हजार, द्वितीय भएकी क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गरेकी सम्झना राईले २० हजार नगद प्राप्त गरे।
शीर्ष स्थान प्राप्त गर्नेहरूलाई नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरस्कार रकम प्रदान गरेका थिए।


