काठमाडौँ- विभिन्न माग राखेर भारतका किसानहरुले आज ‘भारत बन्द’आह्वान गरेका छन्। संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ‘भारत बन्द’ आह्वान गरेका हुन्।
किसानहरुको कृषि ऋण मिनाह हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनमा मुद्दा चलाइएका किसानहरुको मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग राखेको अन्तराष्ट्रिय संचार माध्यायमले जनाएका छन्। बन्दका कारण राजधानी दिल्लीसहितका राज्यहरुमा कडा सुरक्षा प्रबन्ध मिलाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
राजधानी नयाँदिल्ली पुगेर सरकारलाई आफ्ना माग सुनाउने भन्दै किसानहरुले यही फागुन १ गतेदेखि ‘दिल्ली जाऔं’ अभियान पनि सुरु गरेका थिए। तर विभिन्न प्रदेशहरुले नाका बन्द गरेर किसानहरुलाई रोकेका छन्।
उनीहरु सडकमै खाने, बस्ने, सुत्ने गरिरहेका छन्। किसानहरुलाई रोक्ने क्रममा प्रहरीले ड्रोनबाट अश्रुग्याँस समेत प्रहार गरेको थियो।


