विराटनगर- मोरङको बूढीगंगा गाउँपालिका–७ की एक महिलालाई छिमेकीले यातना दिएर मलमुत्र खुवाएका छन्।
बिहीबार दिउँसो ५५ वर्षीय महिलालाई बोक्सीको आरोप लगाएर मलमूत्र खुवाएका हुन्।
बोक्सीको आरोपमा मलमूत्र खुवाउने महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी छिन्। उनी गाउँकी धामी हुन्।
मलमूत्र खुवाउनले माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
बिहीबार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो। हराएको दियो जोखाना हेर्दा पीडितले चोरेको भन्दै माझीले मलमूत्र खुवाएकी थिइन्।


