२०८३ कार्तिक ११ गते मङ्गलबार

१२ हजार कलाकारको विश्व कीर्तिमानी बिहु नाच [फोटो/भिडियो]

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २
bihu dance
एबीपी

गुवाहटी- भारतको असमको राजधानी गुवाहटीमा झन्डै १२ हजार जनाको सहभागितमा विश्व कीर्तिमानी नृत्य प्रदर्शन गरिएको छ। अप्रिल १३ मा प्रदर्शन गरिएको नृत्यलाई गिनिज बुकमा समेत रेकर्ड गरिएको छ।

विश्वभरमा नै हालसम्मकै सबैभन्दा बढी नर्तक/नर्तकी एकैस्थानमा सहभागी भएर गरिएको नृत्यका रूपमा बिहु डान्सलाई गिनिजमा रेकर्ड गरिएको हो।

सरुसजाई रंगशालामा बिहीबार बेलुका प्रदर्शन गरिएको नृत्यमा ११ हजार ३०४ नर्तक/नर्तकी सहभागी थिए। त्यस्तै सोही नृत्यमा २ हजार ५४८ जना ड्रमवादक पनि सहभागी थिए। ड्रमवादनले पनि विश्व कीर्तिमान कायम गरेको छ। यसअघि १ हजार ३ सय ५६ ड्रमवादन प्रदर्शनलाई पछि पार्दै यसले विश्व कीर्तिमान कायम गरेको हो।

राज्यका सबै जिल्लाबाट नृत्य कलाकार सहभागी भएका थिए। यीमध्ये धेरैजसो महिला/बालिका कलाकार थिए। नाचमा सहभागीहरूलाई छनौट गरी स-सानो समूहमा केही साता प्रशिक्षण गरिएको थियो। उनीहरूले १५ मिनेट ‘धमाकेदार’ नृत्य गरेको भन्दै असम सरकारका मुख्यमन्त्री हेमन्तविश्व शर्माले बधाई ज्ञापन गरेका छन्।

बिहु असमको परम्परागत नृत्य हो। बसन्त ऋतुमा पर्ने बोहाग बिहुका बेला यो नाच नाच्ने गरिएको छ।

नृत्य प्रदर्शन हुनुअघि गिनिज वर्ल्ड रेकर्डका ऋषि नाथले यसअघि ५ सय जनाले एकैस्थानमा बिहु डान्स प्रदर्शन गरेको बताएका थिए। तर त्यो नृत्यले सबैभन्दा बढी व्यक्ति सहभागी भएर गरिएको नृत्य थिएन।

सन् २०१५ को अक्टोबरमा ९ हजार ८९२ जना सहभागी भएर भारतकै हिमाञ्चल प्रदेशमा नाती डान्स प्रदर्शन गरेका थिए। त्यस नृत्यले भने रेकर्ड बनाएको थियो। तर त्यो रेकर्ड बिहीबार गुहावटीको बिहु नृत्यले तोडेको नाथले बताए।

सबैभन्दा धेरै व्यक्त नाचमा सहभागी गराएर प्रदर्शन गराएको भन्दै गिनिजले असम सरकारलाई रेकर्ड कायम गरेको प्रमाणपत्र हस्तान्तरण गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोही रंगशालामा शुक्रबार प्रमाणपत्र प्रदान गरिएको थियो।

रोयटर्स

रोयटर्स

एनएनआई।

एएनआई।

एनएनआई

सिन्ह्वा।

एएनआई

नर्तकनर्तकीसँग मुख्यमन्त्री शर्मा। तस्बिर: पीटीआई।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कीर्तिमानी नृत्यको भिडियो युट्युबमा राखेका छन्। भिडियोमा हेर्नुहोस्:

प्रकाशित: २०८० बैशाख २ गते शनिवार ०९:५३
प्रतिक्रिया

थप समाचार

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...

१५ वर्षपछि दशैँ गीतमा सुरेश अधिकारीको ‘कमब्याक’, चल्ला पुरानै जादु?

दशैँका अवसरमा वर्षौँदेखि गुञ्जिँदै आएका ‘चरीररि रै...’ र ‘हो दशैँ आयो’ जस्ता लोकप्रिय गीतका सर्जक अधिकारीले लामो समयपछि नयाँ दशैँ गीतमा संगीत दिएका हुन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना