काठमाडौँ- काठमाडौंको प्रहरी प्रभाग बलम्बुमा गोली चलेको छ। आइतबार साँझ ५ बजेतिर गोली चलेको हो।
बलम्बु प्रभागका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोल पड्किएको प्रहरीको भनाइ छ।
इन्स्पेक्टरले आफ्नो ड्युटी सकेर पेस्तोल बुझाउने क्रममा दुर्घटनावश पड्किएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाको भनाइ छ।
इन्स्पेक्टरले आफ्नो ड्युटी सकेर पेस्तोल बुझाउनेक्रममा दुर्घटनावश पड्किएर उनका बडीगार्ड सिपाही आशिष जैसवाल घाइते भएको छन्।
घाइते बडीगार्ड जैसवाललाई उपचारका लागि एपीएफ अस्पताल भर्ना गरिएको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ।
गोली चलेपछि इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।


