काठमाडौँ- काठमाडौँको स्वयम्भूमा तीन जनाको शव फेला परेको छ।
बुधबार बिहान नागार्जुन नगरपालिका-६ मा तीन जनाको शव फेला परेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार तीनै शव घरभित्र फेला परेका हुन्।
घटनाका विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।


