काठमाडौँ- रत्नपार्कस्थित शान्ति बाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ। मिटरब्याज पीडित शान्तिबाटिकाबाट बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो।
शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए।
प्रहरीले मिटरब्याजीपीडितलाई लखेट्न प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गरेको थियो।
सरकारले मिटरब्याजपीडितको एक समूहसँग चैत १८ गते ५ बुँदे सहमति गरेको थियो। तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूहले आन्दोलनमा छ।





