बिहार- भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ। त्यस्तै गम्भीर बिरामी परेका १४ जना मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। बिरामी पर्नेहरूको सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन्।
विहारको राजधानी पटनाबाट एक सय ५१ किलोमिटर उत्तरमा रहेको पूर्वी चम्पारण (मोतिहारी) जिल्लामा शुक्रबार मदिरा सेवन गर्नेहरू धेरैलाई समस्या देखिएको हो। मोतिहारीका वरिष्ठ प्रहरी अधिकारी कन्तेशकुमार मिश्रले विषाक्त मदिरा सेवनको घटनामा संलग्न भएको आरोपमा ५ स्टेसन हाउसका अफिसर र विभिन्न प्रहरी थानाका हेरालु र वार्ड कर्मचारीहरू निलम्बन गरिएको जानकारी दिए।
प्रहरीले छापा मार्ने क्रममा हालसम्म एक सय आठ जनालाई पक्राउ गरेको छ भने ६ हजार लिटरभन्दा बढी मदिरा बरामद गरेको छ।नियन्त्रणमा लिएकामध्ये एक जनाको उपचारकै क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ। यसरी घटनामा कुल मृतकको संख्या ३५ पुगेको छ।
यसैबीच विहारका मुख्यमन्त्री नितिश कुमारले सोमबार पीडित परिवारलाई ४ हजार ८८१ अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेका छन्।
तुरकौलिया इलाकाका मृतक
रामेश्वर राम
ध्रुप पासवान
अशोक पासवान
छोटू कुमार
जोखू सिंह
अभिषेक यादव
ध्रुप यादव
गुड्डू सहनी
मैनेजर सहनी
लक्ष्मण माझी
नरेश पासवान
मनोहर यादव
रूमन राय
भुट्टा पासवान
विनोद पासवान
गुलटेन मियां
गुंजन कुमार
हरसिद्धि इलाकाका मृतक
सोना लाल पटेल
परमेंद्र दास
हरिलाल माझी
नवल दास
हीरालाल सिंह
मुन्नी पटेल
अजय सिंह कुशवाहा
वीरेंद्र मांझी
पहाड़पुर इलाकाका मृतक
टुनटुन सिंह
भूटन माझी
बिट्टू राम
भोला प्रसाद
गुलटेन मिया
रमेश महतो
सुगौली इलाकाका मृतक
सुदीश राम
इन्द्रशन महतो
चुलाही पासवान
गोविंद ठाकुर


