२०८३ कार्तिक १२ गते बुधबार

भारतीय लोकसभा चुनाव ७ चरणमा, ८० वर्षमाथिकाले घरबाट भोट हाल्न पाउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ३
india

नयाँदिल्ली- यस वर्ष भारतमा हुन गइरहेको लोकसभा चुनाव ७ चरणमा हुने भएको छ। शनिबार भारतीय निर्वाचन आयोगले पत्रकार सम्मेलन आयोजना गरी ७ चरणमा लोकसभा चुनाव गरिने जानकारी दिएको हो।

आयोगका अनुसार अप्रिल १९ (७ वैशाख)मा पहिलो चरणको चुनाव हुनेछ भने जुन १ मा अन्तिम चरणको चुनाव हुनेछ।

दोस्रो चरण अप्रिल २६, मे ७ मा तेस्रो चरण, चौथो चरण मे १३ मा, पाँचौ चरण मे १९ र छैठौं चरणको मतदान मे २५ मा हुनेछ। विद्युतीय प्रणालीबाट हुने मतगणना जुन ४ मा बाट सुरु हुनेछ।

पहिलो चरणमा १०२, दोस्रोमा ८९, तेस्रोमा ९४, चौथोमा ९६, पाँचौँमा ४९, छैठौँमा ५७ र सातौँ चरणमा ५७ सिटका लागि मतदान हुने आयोगले जानकारी दिएको छ। भारतीय लोकसभामा ५ सय ४३ सिट छन्।
लोकसभाको ५ वर्षे कार्यकाल मे महिनामा पूरा हुँदैछ।

लोकसभा चुनावसँगै आन्ध्र प्रदेश, उडिशा, अरुणाचल प्रदेश र सिक्किममा विधानसभा चुनाव पनि हुँदैछ।

त्यस्तै, देशभरका विधानसभामा रिक्त रहेका २६ सिटमा उपनिर्वाचन पनि यही अवधिमा गराइने मुख्य आयुक्त राजीव कुमारले जानकारी दिएका छन्।

घरबाट नै मतदान गर्न चाहने ८५ वर्षभन्दा माथिका मतदाताका लागि सोही अनुसारको व्यवस्था गरिने आयोगको भनाइ छ। यस्तै ४० प्रतिशत शारीरिक अशक्तता भएका व्यक्तिलाई पनि यो सुविधा दिइने उनले बताए।

लोकसभा चुनावका लागि योग्य मतदाताको संख्या ९६ करोड ८८ लाख २१ हजार ९२६ छ। ४९ करोड ७ लाख पुरुष र ४७ करोड १ लाख महिला मतदाता छन्।

देशभरका साढे १० लाख मतदान केन्द्रमा ५५ लाख एलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान कार्यक्रम सञ्चालन गर्ने आयोगले जानकारी दिएको छ।

प्रकाशित: २०८० चैत ३ गते शनिवार ०५:५९
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना