काठमाडौँ- पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ८ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत रुपन्देहीबाट पुनलाई शुक्रबारदेखि गणना हुनेगरी ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको रुपन्देहीका प्रहरी प्रमुख रन्जितसिंह राठौरले जानकारी दिए।
गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका पुनलाई त्यसैदिन रुपन्देही लगिएको थियो।
बुटवलको सुप्रिम सहकारीमार्फत ठगी गरेको भन्दै पुनसहितका व्यक्तिविरुद्ध जाहेरी परेको थियो।
उक्त सहकारीले बचतकर्ताको ७८ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ।
पुन सहकारीको तत्कालीन कोषाध्यक्ष हुन्।
माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव रहेका पुनको नाम सुन तस्करी प्रकरणमा समेत जोडिएको छ।
२ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध देखिएको भन्दै अनुसन्धानको दायरामा ल्याउनुपर्ने सुन जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ।


