सर्लाही- सर्लाही प्रहरीले विभिन्न अपराधिक गतिविधिमा संलग्न भएको आरोप लागेका दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार सीतामढी सैयाराग्राम बस्ने २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा २४ वर्षीय जितेन्द्र राउत छन्।
सोमबार राती प्रहरीले राउत र सिंहलाई पक्राउ गरेको थियो। सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारूका अनुसार दुवै जनाको साथबाट हतियारसमेत बरामद भएको छ।
पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय ल्याउने क्रममा उनीहरू भाग्न खोजेका थिए।
तर प्रहरीले उनीहरुमाथि गोली हानी पुनः नियन्त्रणमा लिएको थियो।
प्रहरीले चलाएको गोली राउतको दुवै खुट्टामा लागेको छ। सिंहको अवस्था सामान्य छ।
दुवैजना बरहथवा नगरपालिका–६ मा डेरा गरी बस्दै आएका थिए।
दुवै जनाले नेपाल र भारतका विभिन्न स्थानमा आपराधिक क्रियाकलापमा संलग्न भएको प्रहरीको भनाइ छ।
पक्राउ परेका दुवै जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको डीएसपी थारूले बताए।


