न्युयोर्क- सन् २०२३ को मध्यसम्ममा भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने भएको छ। चीनलाई उछिन्दै भारत सबैभन्दा बढी देश बन्न लागेको संयुक्त राष्ट्रसंघले बुधबार सार्वजनिक तथ्यांकले देखाएको हो।
तथ्यांकअनुसार भारतको जनसंख्या १ अर्ब ४२ करोड ८६ लाख पुग्न अनुमान छ। त्यसबेला चीनको जनसंख्या १ अर्ब ४२ करोड ५७ लाख रहेने प्रतिवेदनले उल्लेख गरेको छ।
हङकङ, मकाउ र ताइवानलाई समावेश नगर्दा भारत बढी जनसंख्या भएको देशको सूचीमा शीर्ष स्थानमा पुग्न लागेको प्रतिवेदनले देखाएको हो।


