पोखरा- योजनाबद्ध तरिकाले श्रीमानको हत्यामा संलग्न आरोपमा श्रीमतीसहित चार जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मृतककी श्रीमती ३५ वर्षीया कान्छी लामासमेत छन्। श्रीमती कान्छीको योजनामा सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाका ३६ वर्षीय श्रीमान रामबहादुर तामाङ हत्या भएको आरोप छ।
गत चैत ३ गते कास्कीको मादी गाउँपालिका–१ सिक्लेस गाँउ नजिकै तउरेती भन्ने ठाँउमा रामबहादुरको शव भेटिएको थियो।
यस्तै मागाचोकगडी नगरपालिका-१ का ३० वर्षीय धन लामा, बलेफी गाँउपालिका-६ का १८ वर्षीय छे दोर्जे लामा र फुर्वा लामा पनि पक्राउ परेका छन्।
कास्की प्रहरीले उनीहरूलाई शुक्रबार सार्वजनिक गरेको हो।


