काठमाडौँ- होली खेलेर पौडनका लागि सुनकोशी नदीमा गएका ३ जना बालबालिका सम्पर्कविहीन भएका छन्।
बेपत्ता हुनेमा त्रियुगा नगरपालिका–१४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाका अनुसार उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट नदीमा प्रवेश गरेका थिए।
प्रहरीले उनीहरूको खोजी सुरु गरेको छ। समूहमा गएका उनीहरूमध्ये ४ बालबालिका भने पौडिएर निस्केका छन्।
