२०८३ कार्तिक १२ गते बुधबार

कस्तो छ सलमानको ‘किसीका भाइ किसीका जान’?

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ९
kisi ka bhai kisi ka jaan

फिल्म: किसी का भाई किसी की जान

स्टारकास्ट: सलमान खान, पूजा हेगडे, जस्सी गिल, सिद्धार्थ निगम, राघव जुयाल, पलक तिवारी, शहनाज गिल, वेंकटेश दग्गुबाती, जगपति बाबू, विनाली भटनागर, भाग्यश्री, भूमिका चावला, अभिमन्यु सिंह, विजेन्द्र सिंह

निर्देशक: फरहाद सामजी

सार्वजनिक मिति : शुक्रबार (२१ अप्रिल)

हरेक साल ईदमा सलमान खानका फ्यान उनको फिल्मको फिल्मको प्रतीक्षामा रहन्छन्। तर पछिल्ला केही वर्षमा सलमानले आफ्ना फ्यानलाई निराश बनाएका छन्। सन् २०२३ को ईदमा भने सलमानले फ्यानका लागि ‘किसीका भाइ किसीका जान’ लिएर आएका छन्। जुन फिल्म हिजो (शुक्रबार)बाट रिलिज भएको छ।

सलमानले ईदको अवसरमा पर्दामा पुनरागमन मात्रै गरेनन्, अन्य स्टारकास्टलाई समेत लिएर दर्शकलाई मनोरञ्जन दिलाएका छन्। ‘किसी का भाइ किसी की जान’ कस्तो छ? पढ्नुहोस् बलिउड लाइफ डटकममा शशिकान्त मिश्रलेले गरेको समीक्षा:

फिल्मको कहानी
फिल्म ‘किसी का भाइ किसी की जान’को कहानी भाइजान (सलमान खान)को वरिपरि घुम्छ। भाइजान तीन भाइ मोह (जस्सी गिल), लव (राघव जुयाल) र इश्क (सिद्धार्थ निगम) के साथ दिल्लीमा बस्छन्। भाइजान आफ्नो परिवारसँग खुशीका साथ रहन्छन्।

भाइजानका लागि परिवारको खुसी र सुरक्षा नै प्रमुख विषय रहन्छ। उनी आफू बसेको बस्तीको सुरक्षाका लागि समेत उभिन्छन्। जब बस्तीमा कुनै प्रकारको खतरा उत्पन्न हुन्छ, तब भाइजान र उनका तीन भाइ भिड्न तयार हुन्छन्।

एक सांसद (विजेन्द्र सिंह) बस्ती खाली गराउने योजनामा रहन्छन्। तर त्यसका लागि उनले भाइजानसँग लड्नुपर्ने हुन्छ। तर उनको प्रयास असफल भइरहन्छ। यही बीचमा हैदराबादकी एक साउथ इन्डियन केटी भाग्यलक्ष्मी (पूजा हेगडे) कामको सिलसिलामा दिल्ली आउँछिन्। र उनले भाइजानलाई प्रेम गर्न थाल्छिन्।

भाग्यलक्ष्मीलाई भाइजान उनका दाजु अन्नया (वेन्कटेश दग्गुबाती) जस्तै शान्त छन्। जसका कारण उनको परिवारले भाइजानलाई अपनाउने विश्वास उनको हुन्छ। यद्यपि भाइजानको स्वभाव भने लुक्दैन। भाग्यलक्ष्मी र उनको परिवारका पुराना दुश्मन (जगपति बाबू)ले हैदराबाद जाने क्रममा उनी माथि आक्रमण गरिदिन्छन्। भाग्यलक्ष्मीको बचाउमा भाइजान उभिन्छन्।

दिल्लीका सांसद् (भाइजानका दुश्मन) र हैदराबादका भाग्यलक्ष्मीका दुश्मन एक हुन्छन्। उनीहरुको टार्गेट भाइजान र अन्नयालाई मार्नुहुन्छ। यसरी फिल्मको कहानी अघि बढ्छ। फिल्ममा उत्तर भारत र दक्षिण भारतका दुई परिवार कसरी एक हुन्छन् भनेर देखाइएको छ। जुन सबैभन्दा महत्वपूर्ण हो।

सलमानले पूरा गरे वाचा
सलमान खानले ठूलो पर्दामा सेलिब्रेसनको वाचा आफ्ना फ्यानसँग गरेका थिए। र उनले त्यो बाचा फिल्म ‘किसी का भाइ किसी की जान’बाट पुरा गरेका छन्। यो फिल्मका गीतले दर्शको ध्यान खिच्छन्। फिल्ममा पञ्जाबी गीत र साउथका गीत समेत छन्। जसले दर्शकलाई मनोरञ्जन गराउँछन्। सलमान खानले एक प्रोड्यूसरको रुपमा फिल्मका गीत भव्य देखिउन् भन्ने चाहेका थिए। निर्देशक फरहाद सामजी र सिनेमेटोग्राफर वी मणिकले त्यही काम गरेका छन्।

फिल्मका गीत विवाहको सिजनमा खुब चल्ने देखिन्छ। फिल्ममा एक्सनको कुरा गर्ने हो भने एक्शन डायरेक्टर अनल अरासुले खुब राम्रो काम गरेका छन्। फिल्मका एक्शन सीनले भाइजानको क्यारेक्टरसँग तालमेल मिलाउँछन्।

फिल्मको कास्टिङको कुरा गर्ने हो भने पुरै स्टारकास्टले आफ्नो स्क्रीन टाइमका साथमा ‍न्याय गरेका छन्। शहनाज गिल, पलक तिवारी, विनाली ठाकुर देखि राघव जुयाल, जस्सी गिल, सिद्धार्थ निगमसम्मेले आफ्नो काम राम्रोसँग गरेका छन्। जगपति बाबूले आफ्नो रोल गज्जबले निभाएका छन्। विजेन्द्र सिंहको अभिनय र हरियाणी अन्दाजले दर्शको ध्यान खिचेको छ। वैंकटेश दग्गुबाती र सलमान खानलाईको जोडिलाई दर्शकले मन पराएका छन्।

फिल्मका कमजोरी
फिल्म ‘किसी का भाइ किसी की जान’को कहानीमा जुन कमजोरी छन्, त्यो सहजै खुट्याउन सकिन्छ। जस्तो, भाइजान र उनका तीन भाइ रोजिरोटीका लागि के गर्छन्? त्यो कतै देखिँदैन। अन्नयाको असली पहिचानको खुसालमा काफी ड्रामा र एक्शन हुने अनुमान गरिएको थियो। तर त्यो एकै सिनमा खुल्छ। फिल्मका केही गीतको कोरियोग्राफी हास्यास्पद छन्। फिल्मका रोमान्टिक नम्बरमा सुधारको आवश्यकता थियो, तर त्यस्तो छैन। बलिउड लाइफले यो फिल्मलाई ५ मा ३.५ रेटिङ दिएको छ।

प्रकाशित: २०८० बैशाख ९ गते शनिवार ०२:५३
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना