२०८३ कार्तिक ११ गते मङ्गलबार

निशुल्क आईभीएफ ओपिडी सञ्चालन गर्दै नर्भिक

 |  Untitled
Sanket

Untitled

काठमाडौं, फागुन-३०
norvic pix (2) (1)

नर्भिक इन्टरनेसनल हस्पिटल अन्तर्गतको ‘नर्भिक आइभिएफ सेन्टर’ ले चैत ४ गतेबाट निशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ।

निसन्तानसम्बन्धी समस्या भएका र दुरविन पद्दतीबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै हस्पिटलले निशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो।

नर्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग तथा टेष्टट्युब वेवी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टोलीले निशुल्क ओपिडी सेवा सञ्चालन गर्नेछ।

आगामी चैत्र ४ गते शनिवार बिहान १० देखि २ बजेसम्म नर्भिक आइभिएफ सेन्टरमा सञ्चालन हुने निशुल्क ओपिडी सेवामा बिरामीलाई भिडियो एक्सरेमा २० प्रतिशत र ल्याब परीक्षणमा १० प्रतिशत छुट दिइने नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिए।

उक्त स्वास्थ्य परीक्षणमा सहभागी बिरामीको कुनै पनि शल्यक्रिया गर्नुपरेमा थप छुटसहितको प्याकेज पनि लागू गरिने मिश्रको भनाई छ । निशुल्क ओपिडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम रुपमा नाम दर्ता गराउन समेत सक्ने अस्पतालले जनाएको छ। अस्पतालको टेलिफोन नम्बर ०१५९७००३२ मा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ।

नर्भिक अस्पतालले सामाजिक उत्तरदायित्व(सीएसआर)अन्तर्गत सर्वसाधारण बिरामीलाई लक्षित गर्दै प्रत्येक शनिवार विभिन्न रोगसँग सम्बन्धित बिशेषज्ञ चिकित्सकद्वारा निशुल्क ओपिडी सेवा सञ्चालन गर्दै आएको छ। अस्पतालले गत फागुन ७ गते मधुमेहका रोगीलाई लक्षित गरी वृहत जनचेतनामूलक कार्यक्रम समेत गरेको थियो।

आगामी चैत ७ गते समेत पुनः मधुमेहलक्षित जनचेतनामूलक कार्यक्रम समेत आयोजना हुँदैछ। सो कार्यक्रममा सहभागी बिरामीले ब्लडसुगर निःशुल्क जाँचको सुविधा समेत पाउनेछन्।

प्रकाशित: २०७९ फाल्गुण ३० गते मङ्गलबार ०१:५०
प्रतिक्रिया

थप समाचार

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना