२०८३ कार्तिक १३ गते बिहिबार

‘अडिसन’बाट कसरी छानिन्छन् कलाकार?

 |  रासस
Sanket

रासस

काठमाडौँ, बैशाख ९
audition
प्रेमगीत-३ का लागि लिइएको अडिसन।

काठमाडौँ- चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन्। त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ। चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन्? वा निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका छन्? विदेशी चलचित्रमा कलाकार छनोट गर्ने निकाय नै हुन्छ।

उनीहरूले नै कथा पढेर पात्रअनुसार कलाकार सुझाव दिने गर्छन्। यद्यपी नेपालमा त्यस्तो छैन। निर्देशक आफैँले छनोट गर्ने गरेका छन्। केही समययता कलाकार छनोट गर्न पनि निर्देशक राखिन्छ। उनीहरूलाई चलचित्रको भाषामा ‘कास्टिङ डिरेक्टर’ भनिन्छ।

पात्र सुहाउँदो कलाकारको लागि अडिसन पनि लिने गरिन्छ। पात्रको गाउँ, स्वभाव, वर्णदेखि शिक्षा र हाउभाउसमेत पात्र छनोट गर्ने निर्देशक वा चलचित्रको निर्देशकले तय गर्छन्। नेपालमा चलचित्रका लागि कलाकार छनोट र भूमिकामा पात्र चयन केही वर्षयता प्रक्रियागतरूपमै हुन् थालेको निर्देशक दिनेश राउतले बताउँछन्। उनले निर्देशन गरेको पछिल्लो चलचित्रमा पात्रअनुसार कलाकार छनोट गर्ने दायित्व रङ्गकर्मी अनुप बराललाई दिइएको थियो।

निर्देशक राउतले भने, ‘अहिले चलचित्र निर्माण शैली फेरिएको छ। यो कलाकार चाहियो पनि भन्न सक्छौँ। केही कलाकार अडिसनमार्फत नै छनोट गरेको छु।’

‘सुरुआती समयमा म निर्देशनमै केन्द्रित रहेँ। म बजार र निर्माताअनुसार प्रस्तुत भए तर पछिल्लो चलचित्र ‘प्रसाद’ र ‘प्रकाश’मा मैले सम्पूर्ण जिम्मेवारी छुट्याएर काम गरेको छु’, निर्देशक राउतले भने, ‘अहिले चलचित्र निर्माण शैली फेरिएको छ। यो कलाकार चाहियो पनि भन्न सक्छौँ। केही कलाकार अडिसनमार्फत नै छनोट गरेको छु।’ उनले चलचित्र ‘प्रकाश’ मा अभिनेत्रीमा रेणु योगीलाई अडिसनमार्फत नै चयन गर्नुभएको थियो।

कलाकार महेश त्रिपाठी अडिसन दिन हिच्किचाउनु हुँदैन। आफू उक्त चरित्रमा उपयुक्त हुने वा नहुने मापन नै अडिसनले गर्ने बताए। ‘अलि कति नाम चलेपछि अडिसन दिन हामी आनाकानी गर्छौं तर हामीले पात्रलाई जाच्ने नै त्यहीँ प्रक्रियामार्फत हो। त्यसले हाम्रो अभिनय क्षमतालाई नभई पात्रलाई हेरिने भएकाले म तयार हुन्छु’, अभिनेता त्रिपाठीले भने, ‘मैले चलचित्र निर्माण गर्ने समूह हेरेर भने अडिसन दिने गरेको छु। विदेशी चलचित्रमा अडिसन दिएर नै काम गरेको छु।’

नेपालमा लिइने अडिसन धेरैजसो देखावटी हुने अभिनेत्री विनिता थापामगरले बताए। उनले पनि प्राय काम अडिसनमार्फत नै पाएका छन् तर उनको अनुभव राम्रो छैन। ‘पहिले कलाकार तय गरेर देखावटी अडिसन गर्ने पनि पाएकी छु। त्यसैले अडिसन दिन जाँदा सबै बुझेर मात्र जान्छु। यो त पात्रमा सुहाउँदो कलाकारलाई अवसर हो तर यहाँ भौगोलिक भिन्नता देखिने कलाकारलाई पनि छनोट गरिन्छ’, अभिनेत्री थापामगरले भनिन्। दशक अगाडि अडिसन गर्ने प्रक्रिया बढेको थियो। किनकि नयाँ अनुहार चलचित्रमा देखिन थालेका थिए।

कलाकारले अडिसन दिन हिच्किचाउने कारण नै यो प्रक्रिया घटिरहेको निर्देशक विक्रम सापकोटाले बताइन्। उनले चलचित्र निर्माण गर्ने क्रममा केही कलाकारलाई अडिसनको लागि अनुरोध गर्दा नमानेको सम्झिइन्। ‘मैले चलचित्रका केही प्रसिद्ध कलाकारलाई आग्रह गर्दा मान्नु भएन। त्यसपछि रङ्गमञ्चमा रहेका कलाकारको अडिसन लिएर छनोट गरेको हो’, उनले भनिन्।

कलाकारले पाएको भूमिकामार्फत निर्देशक र लेखकको सोचलाई पर्दामा देखाउने भएकाले पनि यो महत्वपूर्ण विषय हो तर नेपाली चलचित्रमा लेखिएको पात्रको स्वरूप चलचित्र भवनमा हुने व्यापारकै आधारमा तय हुनेगरेको छ। बेलाबखतमा विभिन्न भूमिकाका लागि अडिसन गर्ने गरिन्छ तर त्यस्तो प्रक्रियाबाट पर्दासम्म आइपुग्ने कलाकारको सङ्ख्या र पर्दामा हुने महत्त्व निकै कम छ।

प्रकाशित: २०८० बैशाख ९ गते शनिवार १२:४९
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना