२०८३ कार्तिक १३ गते बिहिबार

खारेज भएको क्रिस्टल फाइनान्समा निक्षेप भए १५ दिनभित्र दाबी गर्न आह्वान

 |  रासस
Sanket

रासस

काठमाडौँ, बैशाख १०
crystal

काठमाडौँ- खारेजीको प्रक्रियामा रहेको साविक क्रिस्टल फाइनान्स लिमिटेडमा निक्षेप खाता रहेका व्यक्ति, सङ्घ तथा संस्थालाई आफ्नो निक्षेप फिर्ता लिन सूचना जारी भएको छ। कम्पनी खारेजीको काम कारबाही गर्न उच्च अदालत पाटनको आदेशबमोजिम स्थापना भएको लिक्विडेटरको कार्यालयले यस्तो सूचना जारी गरेको हो।

क्रिस्टल फाइनान्सबाट पैसा फिर्ता लिन बाँकी रहेका व्यक्ति तथा संस्थालाई १५ दिनभित्र आफ्नो निक्षेप भुक्तानी लिन दाबी पेस गर्न भनिएको छ। निक्षेपकर्ताले आफ्नो निक्षेप दाबी गर्दा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कम्पनी, सङ्घसंस्थाको हकमा दर्ता तथा प्यान प्रमाणपत्रको प्रतिलिपि, निक्षेपकर्ताको खातामा रहेको नाम, खाता खोल्दाका बखतको हस्ताक्षरलगायतका कागजात एवं विवरण पेस गर्न भनिएको छ।

कम्पनीलाई ऋण दिएका व्यक्ति तथा संस्थालाई आफ्नो ऋण दाबी पेस गर्न लिक्विडेटरको कार्यालय यसअघि नै सूचना जारी गरिसकेको छ। क्रिस्टल फाइनान्स लिमिटेडले नेपाल राष्ट्र बैंकबाट २०५८ फागुन ८ गते ‘ग’ वर्गको वित्तीय संस्थाका रुपमा इजाजत पाएको थियो।

वित्तीय अवस्था बिग्रिएपछि यो कम्पनीलाई राष्ट्र बैंकले विसं २०६९ मा समस्याग्रस्त घोषणा गरेको थियो। उच्च अदालत पाटनको विसं २०७२ कात्तिक २० गतेको फैसलाअनुसार राष्ट्र बैंकले २०७७ भदौमा यो कम्पनीको लाइसेन्स खारेज गरेको थियो।

प्रकाशित: २०८० बैशाख १० गते आईतबार ०१:१०
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना