२०८३ कार्तिक १३ गते बिहिबार

इजरायलको आक्रमण विरुद्ध अमेरिकामा प्रदर्शन, ३ सय जना पक्राउ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २०
pradarsha

काठमाडौँ- पछिल्ला दिनमा अमेरिकाका विश्वविद्यालयहरुमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन चर्किंदै गएको छ। प्रदर्शनमा सहभागीहरुमध्ये ३०० जना पक्राउ परेका छन् भने केही विश्वविद्यालयहरुमा तोडफोड र प्रहरीसँग झडपसमेत भएको छ।

इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा गरेको आक्रमणको विरोधमा अमेरिकाका हरेकजसो विश्वविद्यालयहरुमा साना–ठूला प्रदर्शन हुँदै आएको अन्तराष्ट्रिय सञ्चार माध्यायमले जनाएका छन्। केही स्थानमा झडप र तोडफोड भएको समाचार आएका छन् भने क्यालिफोर्निया युनिभर्सिटीमा १५ जना घाइतेसमेत भएका छन्।

बीबीसीले कोलम्बिया युनिभर्सिटी र द सिटी युनिभर्सिटी अफ न्युयोर्कमा ३०० प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ।

न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार कोलम्बिया युनिभर्सिटीले निवेदन दिएपछि त्यहाँ बस्दै आएका विद्यार्थीहरुविरुद्ध अभियान चलाएको र गिरफ्तार गरिएको जनाएका छन्।

युनिभर्सिटीभित्र बसेर प्यालेस्टाइन समर्थकहरुले शान्तिपूर्ण प्रदर्शन गर्दै आएका थिए। तर त्यो प्रदर्शनमा घुसपैठ भएको भन्दै प्रहरीले कारबाही अभियान चलाएको हो।

न्युयोर्कका मेयरले शहरका अन्य स्थानको सुरक्षालाई पनि ध्यान दिँदै प्रहरीले कारबाही अभियान चलाउने बताएका छन्। शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार भए पनि हुलहुज्जत, तोडफोड र शान्ति सुव्यवस्थालाई खलल पार्न नहुने उनको भनाइ छ।

विद्यार्थीहरुले न्युयोर्क, टेक्सस, कोलम्बिया, जर्जवाशिङ्गटन, इन्डियाना युनिभर्सिटी अफ पेन्सेल्भेनिया लगायतका स्थानमा प्रदर्शन गर्दै आएका छन्।

जर्जवाशिङ्गटन युनिभर्सिटीमा विद्यार्थीहरुले गरेको प्रदर्शनमा समर्थन जनाउन रिपब्लिकन सांसदहरुसमेत पुगेका थिए।

टेक्सस युनिभर्सिटीमा एकजना पत्रकारसमेत पक्राउ परेका थिए तर पछि उनी रिहा भएका थिए।

प्यालेस्टाइनको पक्षमा अमेरिकासँगै इजिप्टको कायरो, फ्रान्सको पेरिस, अष्ट्रेलियाको सिड्नी लगायतका स्थानमा पनि प्रदर्शन हुँदै आएको छ।

प्रकाशित: २०८१ बैशाख २० गते बिहिबार ०८:१२
प्रतिक्रिया

थप समाचार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना