काठमाडौँ- अभिनेत्री उपासना सिंह ठकुरी फ्रुटीको ब्रान्ड एम्बेसेडर बनेकी छन्। फ्रुटी उत्पादक कम्पनी पार्ले एग्रोले अभिनेत्री ठकुरीलाई ब्रान्ड एम्बेसेडर तोकेको हो।
३ वर्षपछि नेपाली बजारमा फ्रुटीलाई ल्याएको कम्पनीले १२५ मिलि तथा २०० मिलिको प्याक ल्याएको छ। यस्तै १५० मिलि, २५० मिलि र ५०० मिलिको पीईटी बोटलमा पनि फ्रुटी उपलब्ध छ।
‘सानैदेखि म्याङ्गो फ्रुटी, फ्रेस एन्ड जुसी सुनेकै हुँ र फ्रुटीको फ्यान भएका कारण नेपाली बजारमा फेरि पनि फ्रुटी आएको कुराले हर्षित छु,’ ब्रान्ड एम्बेसेडर बनेपछि अभिनेत्री उपासना सिंह भन्छिन्, ‘भारतको सबैभन्दा ठूलो हल्का पेय पदार्थ उत्पादक कम्पनीको पहिलो नेपाली ब्रान्ड एम्बेसेडर हुन पाउँदा मलाई गर्व लागेको छ। फ्रुटीले फेरि पनि युवाहरू सामू आफ्नो छाप छोड्न सक्नेछ भन्ने मलाई विश्वास छ।’
त्यसै गरी कम्पनीले स्याउको कार्बोनेटेड पेय पदार्थ एप्पी फिज पनि बजारमा प्रस्तुत गरेको छ। एप्पी फिजका लागि अभिनेत्री प्रियङ्का कार्की ब्रान्ड एम्बेसेडर तोकिएकी छिन्।
‘एप्पी फिजको नेपालको पहिलो ब्रान्ड प्रतिनिधि हुन पाउँदा म निकै उत्साहित छु, र मेरो यो उत्साहलाई सबै नेपालीहरूसामू फैलाउन पनि चाहन्छु,’ उनले भनिन्। एप्पी फिज १६० मिलि, २५० मिलि, तथा ५०० मिलिको पीईटी बोटलमा उपलब्ध छ।
फ्रुटी र एप्पी फिजलाई नेपालको हरेक कुनासम्म पुर्याउने योजनाका साथ पार्ले एग्रोले विशाल ग्रुपसँग साझेदारी गरेको छ। विशाल ग्रुपको साउथ एसियन बेभरेजले हाल नेपालमा फ्रुटी तथा एप्पी फिज पेय पदार्थ नेपालभर वितरण गरिरहेको छ।
पाले एग्रोकी सहप्रबन्ध निर्देशक तथा सीएमओ नादिया चौहानले एप्पी र फ्रुटीका लागि नेपाल अपार सम्भावना बोकेको बजार भएको बताइन्। साउथ एसियन बेभरेजका प्रबन्ध निर्देशक आशिष अग्रवालले पार्लेसँगको साझेदारीप्रति खुशी व्यक्त गरे।


