काठमाडौँ- सिटिजन्स बैंकका ग्राहकले पल्पसा प्याराडाइज होममा २० प्रतिशत सम्मको छुट पाउने भएका छन्।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हेटौडा, मकवानपुरस्थित पल्पसा प्याराडाइज होम प्रालिबीच छुटसम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ।
हालसम्म बैंकले १८२ वटा शाखा, १३९ वटा एटीएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।



