२०८३ कार्तिक १२ गते बुधबार

झलकमानको सम्झनामा सारंगीवादन प्रतियोगिता

 |  Untitled
Sanket

Untitled

पोखरा, बैशाख १३
jhalakman

पोखरा- स्वर्गीय झलकमान गन्धर्वको ८८औँ जन्मजयन्तीको अवसरमा नेपाल गन्धर्व समुदाय विकास केन्द्र र झलकमान गन्धर्व सारङ्गी पाठशालाले राष्ट्रिय सारङ्गीवादन प्रतियोगिता आयोजना गर्ने भएको छ। वैशाख १५ गते बाटुलेचौरमा अडिसन र वैशाख १६ गते पोखरा सभागृहमा फाइनल हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

प्रतियोगितामा प्रथम हुनेले ३५ हजार, दोस्रो हुनले २५ हजार र तेस्रो हुनेले १५ हजार नगद प्राप्त गर्नेछन्। यस्तै चौथो हुनेलाई ७ हजार ५०० र प्रोत्साहन पुरस्कार २ हजार ५०० प्रदान गरिनेछ।

गाइने गीत अथवा गन्धर्व संगीतलाई प्रख्यात गराउनमा मुख्य योगदान गर्ने झलकमान गन्धर्व वि.सं १९९२ साल वैशाख १२ गते कास्कीको बाटुलेचौरमा जन्मिएका थिए। उनको वि.स. २०६० मंसिर ६ गते निधन भएको थियो।

गन्धर्व समुदायको इतिहास र मौलिकतासंग झोडिएको सारङ्गी बाजावादन, गायन, वादनलाई पुस्ता हस्तान्तरण, गन्धर्व जातीको कला, संस्कृतिको संरक्षण, संबंद्धन र विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको केन्द्रका अध्यक्ष सूर्य बहादुर गायकले बताए।

परम्परागत सङ्गीत र त्यससँगै जोडिएको समुदायको जीविका संरक्षणमा राज्यले ध्यान नदिंदा संस्कृति लोप हुने अवस्थामा पुगेको झलकमान गन्धर्वका नाति दिनेश गायकको भनाइ छ।

नेपाली मौलिक बाजा लोकसंगीत संरक्षण र संवर्द्धन र प्रचार प्रसारमा ऐतिहासिक र महत्वपूर्ण योगदान दिँदै आएका गन्धर्व जातिको सम्मान र संरक्षण गर्नु राज्यको दायित्व हुने केन्द्रका पुर्व अध्यक्ष बलराम गायकले बताए ।

गन्धर्व समुदायको इतिहास हेर्दा गाउँ र सहर ,स्वदेश र बिदेशमा भएका घटनाक्रमलाई गीतको माध्यबाट सुन्नेको मन छुने गरी र्‍याइँर्‍याईं सारङ्गी रेट्दै सूचना दिन घरघरमा डुल्ने गर्दथे। यो उनीहरूको पुर्ख्यौली पेसा हो। सारङ्गीको धुनले विशेष आनन्द दिने, सन्देश र समाचार हुने भएकाले उति वेला गन्धर्वहरूलाई बोलाई-बोलाई गीतसङ्गीत सुन्ने प्रचलन थियो।

सारङ्गी भन्ने बित्तिकै सम्झने नाम हो झलकमान गन्धर्व । नेपाली लोक गीतमा उनको योगदान महत्वपूर्ण मानिन्छ। विभिन्न प्रकारका गीतहरू जस्तै झ्याउरे, कर्खा, ख्याली, भज आदि रेकर्ड गराएका झलकमानको सबैभन्दा लोकप्रीय गीत ‘आमाले सोध्लिन् नि खोइ छोरो भन्लिन्’ भन्ने हो जसमा युद्ध मैदानमा घाईते लाहुरेको अन्तिम सन्देशको रूपमा मार्मिक रूपले गाइएको छ।

पछिल्लो समयमा यो कला लोप हुँदै गएको छ। गन्धर्व समुदायको मौलिक संगीत सारङ्गीको धुन पुरानो शैलीमा बज्न छोडिसकेको छ।

आधुनिकता संगै फेरिएको समाजले गन्धर्व समुदायको कलालाई सम्मान नगर्नुले मौलिक संगीत लोप हुन लागेको हो। गन्धर्व जातिको पहिलेको पुस्ताले यस पेशाबाट जिविको पार्जन र सम्मान नभएकाले अहिलेका युवा पुस्ताले आफ्नो पेशालाई परिवर्तित बनाउदै लगेका छन्। विभिन्न मेला महोत्सव, दोहोरी साझ, र होटल तथा केहि रेकडिङ अदिमा बजाएर आफ्नो संस्कृति जोगाएका छन्।

यो अवस्था नयाँ पुस्ताले यसमा पेसामा आफ्‌नो भविष्य नदेखेकाले साथै समय सापेक्ष चल्नु पर्ने भएकाले र जिवन यापनमा पनि समस्या भएकाले गन्धर्व जातिको कला संस्कृति हराउन थालेको छ।

प्रकाशित: २०८० बैशाख १३ गते बुधबार १२:०६
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना