राष्ट्रियसभा बैठक सरेको छ। आज आपरह्न १ः०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४ः०१ मा बस्ने गरी सरेको सङ्घीय संसद् सचिवालले जनाएको छ।
आज बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम (६) उपनियम (३) बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिस्सिनाले भोलि बस्ने गरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए।


